ट्रिपरको ठक्करबाट दाजुभाईको मृत्यु

0
Shares

काठमाडौं ।
धनुषा र नुवाकोटमा बुधबार भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।

धनुषामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दाजुभाईको घटनास्थलमै मृत्यु भएको हो । धनुषाघाम नगरपालिका ९ धारापानीस्थित राजमार्गमा ना १ क ६१८९ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आँउदै गरेको स।५ प।९०४६ नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार चालक उदयपुर त्रियुगा नगरपालिका ४ बस्ने २५ वर्षीय बिकाश राई र उनको २० वर्षीय भाई सचिन राईको मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नुवाकोट किस्पाङ गाउँपालिका(५ शान्ति बजारमा रोकी राखेको ना।५ ख १४०४ नम्बरको ट्रक ब्याक गर्ने क्रममा सोही ठाउँ बस्ने ३५ वर्षीय सूर्य पुडासैनीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पतालबाट थप उपचारको लागि हेलिकप्टरद्धारा ग्रायान्डी अस्पताल पठाइएकोमा उपचाको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।