१० वर्षिय बालक डुबेर मृत अवस्थामा फेला

0
Shares

पर्सा ।
बीरगंज महानगरपालिका(२४ रमगढवा बस्ने धर्मेन्द्र पटेलको १३ वर्षीय छोरा नितेश पटेल र पितर पटेलको १० वर्षीय छोरा बढु पटेल डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
मंगलबार घरबाट हिंडेका उनीहरु राती अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार सोही ठाउँ बस्ने सुदर्शन पटेलको पोखरीमा दुबै जनाको शव फेला पारिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।