शान्तिबजारमा ट्रकको ठक्करबाट एकको मृत्यु

0
Shares

नुवाकोट ।
नुवाकोटको किस्पाङ गाउपालिका वडा नं ५ शान्तिबजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा किस्पाङ शान्तिबजारकै सुर्य पुडासैनी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

मंगलबार विहान करिव ८ बजेको समयमा शान्तिबजारमा रोकी राखेको ना ५ ख १४०४ नम्बरको ट्रक र सोही ट्रक पछाडी रोकी राखेको ना ६ ख ६१६५को ट्रकको बिचमा पुडासैनी रहेका थिए । उनलाई ना ५ ख १४०४ नम्बरको ट्रकले ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो । घाइते भएका पुडासैनीलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउदै गर्दा बढि सिरियस भएका कारण भैसेबाट थप उपचारको हेटिकप्टर मार्फत काठमाण्डाको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लगिएको थियो ।

मृतक पुडासैनीलाई ठक्कर दिने ट्रक र ट्रक चालक जिल्ला संखुवाशभा हरैचा नगरपालिका वडा नं.. ५ का तिर्थप्रसाद कार्कीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिई अनुसन्त्रान शुरु गरेको छ ।