साँगामा शुरु भयो प्राङ्गारिक खेति

0
Shares

काभ्रे ।
वातावरण संरक्षण तथा कृषि अभियान नेपालले जिल्लाको बनेपा नगरपालिका स्थित नासिकासाँगामा प्राङ्गारिक जीवनशैली प्रचार प्रसार अभियान शुरु गरेको छ ।

७ वर्ष देखि बाँझो रहेको १० रोपनी जमिन लिएर प्राङ्गारिक खेति गरिएको संस्थाका अध्यक्ष कल्पना तिम्सिनाले बताईन् । अभियानको प्रदेश सभा सांसद राजेन्द्रप्रसाद खनालले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सांसद खनालले भ्रष्टाचारको जालो देशभर फैलिएकाले जालो भत्काउन देशभर त्यसको संजाल फैलाउन खोजिएको बताए । प्राङ्गारिक अभियान देशभर फैलाउन सबै क्षेत्र र बर्गका ब्यक्तिहरुले घर घरबाट शुरु गर्नु पर्ने बताउँदै खनालले नेपालका सरकारी निकायको सिस्सटमा खराव भएकाले त्यसलाई सच्याउन लाग्नु पर्ने बताए । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका निर्देशक डा. विष्णुप्रसाद गौतमले सरकारले वर्षभरीमा ५ लाख युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएकोमा १ लाख युवाहरुलाई कोषको तर्फबाट रोजगार बनाउने अभियान शुरु भएको बताए । १८ देखि ५० वर्ष उमेर समुहका सबै खालका बेरोजगार ब्यक्तिहरुलाई रोजगार बनाउन कोषको तर्फबाट २ लाख रुपैया ऋण उपलब्ध गराउने, बालीको विमा गरिदिने, समयमै ऋणको ब्याज बुझाउनेलाई ६० प्रतिशत ब्याज पुनः फिर्ता गरिदिने तथा राम्रो काम हुँदै गएपछि अन्य खालको सहयोग उपलब्ध गराउने बताए । प्राङ्गारिक खेतिमा कोषको तर्फबाट सहयोग पुग्ने डा. विष्णु प्रसाद गौतमले बताए ।

कार्यक्रममा सिटिईभीटिका उप निर्देशक जयकृष्ण पौड्यालले सिटिईभीटीको स्थापना नै रोजगारमा केन्द्रित भएकाले यस्ता कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराउने बताए । कार्यक्रममा प्राङ्गारिक खेति अभियानका प्रेम लामा, संस्थाका कोषाध्यक्ष बुनु सिल्वाल जोशी लगायतले प्राङ्गागारिक अभियानमा सहयोग पु¥याउने बताएका थिए । साँगामा शुरु भएको प्राङ्गारिक खेतिका लागि समुह गठन भएको छ । समुह मार्फत खेति गर्दा प्राङ्गारिक उत्पादनका लागि जैविक बस्तुहरु प्रयोग गर्ने र खानपान तथा जीवनशैली नै परिवर्तन गर्ने गरी अभियानका रुपमा शुरु गरिएको अध्यक्ष तिम्सिनाले बताईन् ।