वारीबेनी – बाँसखर्क सडकको टेण्डर किन रोकियो ?’

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
पश्चिम क्षेत्रमा नै सबैभन्दा स्वादिलो सुन्तला फल्ने पर्वतको बाँसखर्क जोड्ने वारीवेनी – बाँसखर्क सडकको टेण्डर प्रकृया रोकिएको बारेमा संसदमा प्रश्न उठेको छ ।
पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरी बुधबारको प्रतिनिधीसभा बैठकको शुन्य समयमा बोल्दै टेण्डर प्रकृया अर्थ मन्त्रालयमा रोकिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका हुन । अर्थ मन्त्रालयले सडक कालोपत्रे गर्न स्विकृती नदिदा टेण्डर प्रकृया एक बर्ष पहिले देखि रोएिको छ ।

जलजला गाउँपालिका वडा नं २ वारीबेनी देखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि अर्थमन्त्रालय पुगेपनि बजेटको सुनिश्चितता नभएका कारण टेण्डर प्रकृयामा जान सकेको छैन । कालोपत्रे गर्नका लागि बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) स्किृत भैसकेको छ भने राष्ट्रिय पुननिर्माण प्राधिकरणले आयोजना स्विकृत गरेर अर्थमन्त्रालयमा पठाएको छ । ‘दुई दुई पटक पुननिर्माण प्राधिकरणले अर्थमन्त्रालयमा सहमति माग्दा पनि वारीबेनी– बाँसखर्क सडक कालोपत्रे गर्ने टेण्डर प्रकृया रोकिएको छ’ उनले संसदमा भने ‘अर्थमन्त्रालयले बजेट नदिएको भनेर किन प्रकृया रोकिएको हो, सम्बन्धित मन्त्रालयको ध्यानार्कषण गराउन चाहन्छु’ । जम्मा १० किलोमिटर लामो यो यो सडकको कुल लागत लगभग २२ करोड रुपैया छ ।

सडक कालोपत्रे गर्नका लागि पुननिर्माण प्राधिकरण संग राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले लामो समय देखि समन्वय गर्दै आएका छन । उनले अघिल्ला कार्यकारी निर्देशक युबराज भुसाल र वर्तमान कार्यकारी निर्देशक शुसिल ज्ञावलीलाई निरन्तर सम्पर्क गरि काम अघि बढाउन आग्रह गरेको र अध्यक्ष तिमिल्सीनाको सचिबालयका तर्फबाट निरन्तर सम्पर्क भैरहेको सचिबालय स्रोतले जनाएको छ । ‘सम्माननीय ज्यूले यसका लागि निरन्तर पहल गर्दै आउनु भएको छ’ सचिबालयले भन्यो ‘अब अर्थ मन्त्रालयमा पनि बजेट सुनिश्चितता गरि काम अघि बढाउन आग्रह गर्नुभएको छ’ ।

राष्ट्रिय पूननिर्माण प्राधिकरण भूकम्प आपतकालिन सहायता आयोजनाले उक्त सडक कालोपत्रे गर्ने प्रकृया अगाडी बढाएको थियो । गत बर्ष पनि प्राधिकरणले डिपीआर स्विकृत गरि आयोजना अघि बढाउन अर्थ मन्त्रालय संग सहमति मागेको थियो तर अर्थ मन्त्रालयले स्विकृत नदिएका कारण टेण्डर आब्हान हुन सकेको थिएन । यस बर्ष पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले कार्यक्रम पारित गरि अर्थ मन्त्रालयमा फाईल पुगेको राष्ट्रिय पूननिर्माण प्राधिकरण, आयोजना कार्यान्वयन इकाई पर्वतका प्रमुख जगदिश शर्माले बताए । ‘अर्थ मन्त्रालयले बजेट सुनिश्चिता गरेपछि टेण्डर प्रकृयामा अघि बढ्छ’ उनले भने ‘सबै क्षेत्रबाट पहल भैरहेका कारण यस बर्ष आयोजना अघि बढ्ने बिश्वास छ’ यस्तै प्रकृतिको पातीचौर–देउपुर मैदान–लप्सीबोट सडक कालोपत्रे कार्य शुरु भैसकेको छ ।

अहिले बाँसखर्क सम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुबिधा छ तर यहाँ बर्षेनी फल्ने करोडौँका सुन्तला सडककै कारण ढुवानीमा समस्या छ । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रर्बद्धन गर्न सबैभन्दा ठुलो भूमिका खेल्ने बिश्वास जलजला वडा नं १ का वडा अध्यक्ष तुलसी पौडेल बताउँछन ।