महिला स्वास्थ्य स्वयंसेविका मृत फेला

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा बुधवार एक महिला स्वास्थ्य स्वयंसेविका मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिगास गाउँपालिका २ कोटिलाका ३५ बर्षीया चन्द्रा धामी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता , प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। बुधवार बिहान स्थानिय जंगलमा उनी झुण्डिएका अवस्थामा फेला परेका हुन् ।

प्रहरीको टोली घटनास्थलतर्फ गएकोले त्यसपश्चातमात्रै थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनास्थल सदरमुकामवाट एक दिनको दुरीमा पर्दछ । मृतक धामी गाँजरी स्वास्थ्य चौकीमा कार्यरत रहेका वडा नं २ का अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो ।