कुल गार्हस्थ उत्पादनमा सहकारीको योगदान दोब्बर बनाइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
भँमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आउँदो पाँच वर्षभित्र कुल गार्हस्थ उत्पादनमा सहकारीको योगदान दोब्बर बनाइने दाबी गर्नुभएको छ ।

नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारणसभाको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कुल गार्हस्थ उत्पादनमा सहकारीको ४ दशमलव ५ प्रतिशत योगदानलाई आउँदो पाँच वर्षभित्र १० प्रतिशत बढाइने बताउनुभयो ।

सहकारीमार्फत हिमाल, पहाड, तराईमा पाइलट प्रोजेक्ट सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । ‘सयौं विगाह जग्गा लिजमा लिएर सहकारीमार्फत सामँहिक खेति गरेर उत्पादन बढाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।

राष्ट्रिय उत्पादनमा सहकारीको बलियो उपस्थिति भएमात्र सहकारी तीन खम्बे अर्थतन्त्रमा बलियो खम्बा बन्न सक्ने उहाँको भनाइ थियो । ‘गरिव परिचयपत्र बाँडेर मात्र हुँदैन, उनीहरुलाई रोजगारीमा सामेल बनाउन सरकार प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो । परिचयपत्रका आधारमा उ

नीहरुको आयस्तर बढाउन सरकारले पहल गर्ने उहाँको भनाई थियो ।
भँमि जटिलता बढ्दै गएको भन्दै मन्त्री अर्यालले वैज्ञानिक ढंगले समाधान गर्दै खेर गइरहेको उर्वर भँमिलाई उत्पादनमा लगाइने बताउनुभयो ।

‘सुकुम्बासी, गुठी समस्या समाधान गरी संमृद्धिको आधार निर्माण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । सहकारीले निम्नस्तरका सदस्यको जीवनस्तर उकास्नतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।‘सहकारीमा विकृति मात्र होइन राम्रा कुरा पनि भएका छन्,’ उहाँले भन्नुभयो । उहाँले सहकारीले प्रत्येक स्थानीयस्तरमा प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको आवरणमा गलत काम गर्ने कसैलाई छुट नभएको बताउनुभयो । ‘सहकारीमा आएर सिद्वान्त, मँल्य, मान्यताभन्दा विपरित जान कसैलाई छुट छैन’ उहाँले भन्नुभयो । प्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने भन्दै बडालले सञ्चार र सहकारीको समन्वय आवश्यक भएको बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले सहकारीलाई उत्पादनशील क्षेत्रमा लाग्न कानुनी जटिलता रहेको बताउनुभयो । ‘सहकारीका नाममा सहँलियत व्याजदरमा ऋण पाउन, ट्रेडमार्क खोल्न, ब्रान्ड स्थापना गर्न समस्या छ,’ उहाँले भन्नुभयो । उत्पादनका लागि जग्गा लिजमा लिने अनुकुल वातावरण नभएकाले पनि सहकारीलाई उत्पादनमा जान समस्या रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केवी उप्रेतीले सहकारी उत्पादनशील क्षेत्रमा जान आवश्यक भएको बताउनुभयो ।