एकै दिनमा ५ जना मृत अवस्थामा फेला

0
Shares

काठमाडौं ।
देशका विभिन्न स्थानमा मंगलबार ५ जना मृत अवस्थामा फेला परेका छन् । फेला परेकामध्ये २ जनाको सनाखत हुन सकेको छैन । मृत फेला परेकामा ४ जना पुरुष र १ जना महिला रहेका छन् ।
उनीहरुमध्ये बारा महागढीमाई नगरपालिका–१० बस्ने १८ वर्षीय मनिलाल जैसवाल रातको समयमा मेला हेरी सोही ठाउँस्थित ठुलो बुवाको घरमा सुतेकोमा विहान सुतेको स्थानमा मृत फेला परेका हुन् ।
यसैगरी नबलपरासी पश्चिम रामग्राम नगरपालिका–१३ पाराटिकर स्थित भलुही खोलाको छेउमा सुनवल नगरपालिका–१२ भतौडी बस्ने ४५ वर्षीय ईन्दलप्रसाद चौधरी मृत अवस्थामा फेला परेका छन् ।
साथै ओखलढुङ्गा सुनकोशी गाउँपालिका–८ भालदिप पिपलडाँडा बस्ने ४० वर्षीय कृष्णबहादुर दर्जी घरदेखी ५ सय मिटर मिटर टाढा मृत अवस्थामा फेला परेका छन् ।
यस्तै खोटाङ राँवाबेसी गाउँपालिका–३ रबुवास्थित दुधकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी महोत्तरी बर्दिवास नगरपालिका–८ स्थित लोपचन टोलको जंगलमा हाल नाम, थर, वतन नखुलेकी करीब ५० वर्षीया महिला समेत मृत अवस्थामा फेला परेकी छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।