श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

0
Shares

सर्लाही ।
कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा बरहथवा नगरपालिका–२ हजरिया बस्ने प्रकाश कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
कुर्मीले ३० वर्षीया श्रीमती सकुन्तला कुर्मीलाई घरायसी विवादमा शनिबार कुटपिट गर्दा घाइते भएकोले जिल्ला अस्पताल मलंगवा हुदै थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज पठाइएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।