नक्कली सुन सहित ६ जना पक्राउ

0
Shares

काठमाडौं ।
नक्कली सुनलाई सक्कली भनी बेचबिखन गर्ने उद्देश्यले बोकी हिडिरहेका अवस्थामा २ केजी नक्कली सुन सहित ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने धादिङ गंगा जमुना गाउँपालिका(२ का २६ वर्षीय अभिषेक तामाङ, नुवाकोट तारकेश्वर घर भएका २८ वर्षीय राम तामाङ , २५ वर्षीय जितेन तामाङ, २५ वर्षीय बीरेन्द्र तामाङ, धादिङ दार्खा घर भएका २१ वर्षीय राज तामाङ र धादिङ जिवनपुर घर भएका १८ वर्षीय राजकुमार तामाङ रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट उक्त नक्कली सुन सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।