रेड पाण्डाको छाला सहित २ जना पक्राउ

0
Shares

काठमाडौं ।
दुर्लभ बन्य जन्तु रेड पाण्डाको छाला ५ थान सहित २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्ण बस्ने सोलुखुम्बु दुधकौसिका गाउँपालिका ५ का ३२ वर्षीय सुक्र राई र काठमाडौं चाबाहिल बस्ने सोलुखुम्बु मुक्ली गाउँपालिका(३ का २७ वर्षीय पवन श्रेष्ठ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(२ टुकुचामा उनीहरुलाई शंकास्पद अबस्थामा उक्त रेड पाण्डाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।