धुलिखेल विकासका परिकल्पनाकार घिनाञ्जुको दुरदृष्टि र विश्वविद्यालय

0
Shares

नेपाल समाचारपत्र, काभ्रे ।
रामचन्द्र घिनाञ्जू समाज सेवा प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको नवौ बार्षिकोत्सव तथा प्रतिष्ठानका संरक्षक वरिष्ठ समाजसेवी रामचन्द्र घिनाञ्जुको ९६ औ शुभजन्मोत्सवको सुखद अवसरमा आयोजना गरिएको छात्रबृत्ति वितरण तथा सम्मान कार्यक्रम २०७५ विशेष कार्यक्रमका बीच सम्पन्न भयो ।

श्रीकृष्ण जन्माष्टमीका दिन जन्मनु भएका घिनाञ्जुको जन्मदिनको अवसर पारि समाज सेवामा उत्कृष्ट काम गर्नुहुने वरिष्ठ समाजसेवी भीम अधिकारी, सामाजिक उत्प्रेरक सुश्री सुधा सिलवाल, धुलिखेल समाज धरानका सस्थापक अध्यक्ष दीलकृष्ण तुसुज, स्वास्थ्यकर्मी शिवनारायण भुखजू लगायतलाई सम्मान गरिएको थियो । साथै ११जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको थियो । २४ जना छात्रबृत्ति पाउनेले स्नातक पास गरिसकेका छन् ।

सामाजिक क्षेत्रको विकासका लागि यो संस्थाले आवश्यक सहयोग गर्दै आएको प्रतिष्ठानका अध्यक्ष दीलसुन्दर श्रेष्ठले जानकारी गराउनुभयो ।
धुलिखेल काकाकुल बनिरहेको अवस्थामा पूर्व जिल्ला सभापति स्व.रामचन्द्र अधिकारीले धुलिखेलका बासिन्दालाई लगाएको गुन कहिल्यै बिर्सनु हुन्न भन्दै उहाँको जीवनी यसै प्रतिष्ठानले प्रकाशित गर्ने घोषणा गरेको घिनाञ्जुका सुपुत्र तथा धुलिखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामेश्वर घिनाञ्जू श्रेष्ठले जानकारी गराउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठले घिनाञ्जुको दीर्घ जीवन तथा सुस्वास्थ्यको कामना गर्दै देशकै लागि सघाउ पुर्याउँदै आएका ४ जना समाज सेवी र ११जना उच्च शिक्षा हासिल गर्दै गरेका विद्यार्थीहरुलाई सम्मान गरि संस्थाले देखाएको योगदानको प्रशसा गर्नुभयो । उहाँले आफुले पनि सडक विभागमा बसेर कार्यक्षेत्र र अधिकारको प्रयोग गरि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा धुलिखेल नगरपालिकाका पूर्व मेयर बेलप्रसाद श्रेष्ठले समाजसेवी घिनाञ्जु दुर दृष्टि राख्ने व्यक्तित्व भएको र समाजको विकासका लागि आग्रह गर्न ढिलो गर्नु हुन्न समयले पर्खन्न भन्ने मान्यता राख्ने व्यक्ति हुनुहुन्छ भन्नुभयो । उहाँले धुलिखेलको खानेपानीको परिकल्पनाका उहाँ नै भएको र एकदिन भक्तपुरको विकासलाई देखाउँदै मलाई लगेर भक्तपुरको विकासमा सघाउ पुर्याउने जर्मन टोलीसँग भेट गराएकै कारण आज धुलिखेलमा खानेपानी आयो । त्यहि पानीका कारण धुलिखेल नगरपालिका बन्यो, काठमाडौ विश्वविद्यालय भित्रियो, धुलिखेल अस्पताल बन्यो भन्नुभयो ।