ज्यान मार्ने धम्की दिने एक व्यक्ति पक्राउ

0
Shares

काठमाडौं ।
फोनबाट गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिई त्रास फैलाएको अभियोगमा काठमाडौं महानगरपालिका(४ चुनदेवी बस्ने काभ्रे तिमाल गाउँपालिका(६ का ३६ वर्षीय सत्यमान लामालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
सोही गाउँपालिका घर भएका मान बहादुर तामाङ लगायतलाई फोनबाट गालीगलौज गरी ज्यान मार्ने जस्ता धम्की समेत दिएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सत्यमानलाई काठमाडौं ठमेलबाट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।