विकासमा दलाली नगर्न निर्देशनः अर्थमन्त्री खतिवडा

0
Shares

भद्रपुर ।
सङ्घीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विकासमा दलाली नगर्न सुझाएका छन् । भद्रपुर छोटी भन्सारलाइ भद्रपुर भन्सारको रुपमा स्तरोन्नति रहने गरी मङ्गलबार विधिवत उद्घाटन गर्दै यस्तो बताएका छन् । मन्त्री खतिवडाले विकासका नाममा मोलमोलाइ गरेर परिवर्तन नआउने उल्लेख गरे । गरिब जनताको लागि काम गर्न आएको उल्लेख गर्दै कसैको मन दुखाएर गरिएको विकास न्यायसङ्गत नहुने उनको धारणा थियो ।

सरकारमा रहुन्जेल कसैले औला नउठाउने गरी कामगर्ने भएकोले सवैको सल्लाह सुझाव लिने गरेको बताए । भन्सारको आवागमनमा भिडभाड हुने भएकोले भन्सार पूर्वाधार विस्तार गर्दै लैजाने उनको भनाइ थियो । भन्सारसँगै अन्य सरकारी कार्यालयहरु सडकमा परेकोले खाली गर्ने शुरुवाती चाडो गरिनु पर्ने सुझाव दिएका थिए । विगतमा भद्रपुरमा धानमिलको धूवाँ आउने गर्थो अहिले चियाको धूवाँ आइरहेको उनले बताए ।

चिया उद्योगीले राखेका समस्यको बारेमा छलफल गरिने उनले जनाए । सरकारले भाडामा दिएको चिया उद्योग भन्दा निजी उद्योग सन्तोषजनक रहेको उनले उल्लेख गरे । कञ्चनपुर देखि काँकडभिट्टासम्मको ६ लेनको सडक,काँकडभिट्टा बर्दिवास रेल–वे सेवा,विर्तामोड भद्रपुर सडकको अवस्था, तेस्रो मूलुकमा विजुली व्यापार लगायतको विषयमा गम्भिर छलफल भइरहको उनले जनाए । केही हप्ता अघि चीनको विषेशज्ञ टोलीसँगै नदीमा गरिएको अनुगमनपछि गुरुयोजनाका बारेमा छलफल गरिने उनको भनाइ छ ।

कार्यक्रममा राजस्व सचिव शिशिर ढुङ्गानाले भद्रपुर भन्सारलाइ जग्गा अभावका कारण तत्काल पूर्णरुपममा सञ्चालन गर्न नसकिने बताए । न्यून बिजकको विषयमा कर्मचारीमाथि लाग्दै आएको आरोपलाइ व्यवहारमा उत्तार्नु पर्ने जनाए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल ,प्रदेश साँसद ओमप्रकाश सरावगी , भद्रपुर मेयर जीवनकुमार श्रेष्ठ,झापा उद्योग सङ्घका अध्यक्ष टिकाराज ढकाल र झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले आ–आफ्ना धारणा राखेका थिए ।
भद्रपुर छोटी भन्सारको स्तरोन्नति
भारतको विहार र बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सार कार्यालय ३६ वर्षपछि पुनः प्रमुख भन्सार भएको छ । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकडभिट्टा मातहतमा रहेको भद्रपुर छोटी भन्सारलाई विभागले चालु आर्थिक वर्षको शुरुबाट प्रमुख भन्सारको रुपमा मान्यता दिएको हो ।
अब झापाको पूर्वी सीमानामा भद्रपुर र मेची गरी दुईवटा प्रमुख भन्सार कार्यालय भएका छन् । वि.सं. २००८ सालमा झापामा एकमात्र प्रमुख भन्सारको रुपमा स्थापना भएको भद्रपुर पूर्व–पश्चिम महेन्द्र राजमार्ग सुचारु भई काँकरभिट्टासँग जोडिन पुगेपछि मेची भन्सारको स्थापना भइ भद्रपुरलाई छोटी भन्सारमा राखिएको थियो । वि.सं. २०३९ सालदेखि भद्रपुर छोटी भन्सारको गतिविधिलाइ मेची भन्सारले हेर्दै आएको थियो । मेची पुल निर्माण कार्य सम्पन्न भएलगत्तै नेपाल सरकार र भन्सार विभागको पहलमा भद्रपुर भन्सारको स्तरोन्नति भएको बताइएको छ ।
दक्षिणमा सञ्चालित केचना, झापा, घेराबारी र पञ्चपाडा भद्रपुर मतहतमामा रहने गरी विभागले तयारी शुरु गरिसकेको बुझिएको छ ।
भद्रपुर–५स्थित करिब १० कठ्ठा क्षेत्रफलमा भद्रपुर भन्सारमा हाल दुईवटा गोदाम सहित एउटा भवन छ । पुरानो भवन भत्काएर पाँच बर्षअघि दुई तले भवन र एउटा गोदाम घर मेची भन्सारले सञ्चालनमा ल्याएको थियो । तर मेची पुल पश्चिम तर्फ रहेको भन्सार कार्यालयको उत्तरबाट सडक विस्तार हुने भएकोले कार्यालय भवनमा केही क्षति हुने भएको छ ।
भन्सार विभागले पूर्वाधारको योजनासँगै भद्रपुर भन्सारलाई दिर्घकालिन व्यवस्थापन नगरिएकोले नेपाल सरकार, भन्सार विभाग र स्थानीय सरकारले तत्काल भन्सारको पूर्वाधार निर्माणमा जुट्नुपर्ने स्थानीय व्यवसायीको भनाइ छ ।
भारतको विहार र बंगाल राज्य, बंगालदेशसहित भुटानसँगको दुरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि १० विगाहा जमिनको आवश्यकता रहेको कार्यालयले मेची भन्सार प्रमुख टेक बहादुर अर्यालले कार्यपत्र मार्फत जानकारी गराएका थिए । सडकको आसपासमा जमिन खरिदका लागि अध्ययन शुरु भइसकेकोले भन्सारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, चेकजाँच स्थल, पशु, कृषि, खाद्य क्वारेन्टाइन, कार्यालय, कोदाम, पार्किङ्गस्थल रहने भन्सार कार्यालयले जनाएको छ ।
रेडक्रस झापा ५० औ वर्षमा प्रवेश
स्थापनाको ५०औ वर्ष पुगेको अवसरमा रेडक्रस झापाले स्वर्णमहोत्सव मनाएको छ । अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वर्ण महोत्सव स्तम्भको अनावरण गरे । पूर्व सभापति स्वर्गीय विष्णुराज पोखरेल तथा माता डिकादेवी पोखरेलको स्मृतिमा छोरा बुहारी विनयराज , मञ्जु लगायतका सन्ततीले निःशुल्क रुपमा स्तम्भ निर्माण गरेका थिए । कार्यक्रममा मन्त्री डाक्टर खतिवडा, प्रदेश साँसद ओमप्रकाश सरावगी,पूर्णप्रसाद राजवंशी,स्थानीय तहका जनप्रतिनिधि,सुरक्षा निकाय लगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी स्थापनाको अवसर पारेर रेडक्रस उपशाखा भद्रपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रगत दान गरेका छन् । कार्यक्रममा १५ पुरुष र बाँकी महिला रहेको उपशाखा सभापति गोपाल गिरीले जानकारी दिए ।