कालिमाटी तरकारी बजार विकास समितिले रातो सूचिमा परेका ६ व्यवशायी हटायो

0
Shares

काठमाडौँ ।
कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले रातो सूचिमा परेका ६ जना व्यवशायीलाई हटाएको छ । मंगलबार बसेको बोर्ड बैठकले समितिले सोधेको स्पष्टिकरण नबुझाउने ६ जनालाई हटाइउने निर्णय गरेको हो । मोहम्मद जुनैद, इसराफिल कवारी, खुद्रा व्यवशायी पुरुषेत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र बिष्णुकुमार बस्नेतलाई हटाइएको हो । रातो सूचिमा परेका बाँकी ९२ जना व्यवशायीले बुझाएको स्पष्टिकरणमा अध्ययन गर्न ५ सदस्सीय कार्यदल बनेको छ । कार्यदलले भदौ २३ गते प्रपिवेदन बुझाउनेछ र २४ गते बोर्ड बैठक बसेर उनीहरुको बारेमा निर्णय हुनेछ । कार्यदलमा कृषि मन्त्रालय, किसान आयोग, व्यवशायी, किसान र समितिका तर्फबाट एक एक जना प्रतिनिधि सहभागि भएका छन् ।