बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

0
Shares

काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ ।

गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गर्नुभयो ।
सोअनुसार ‘नेपालरत्न’ विभूषण पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ९मरणोपरान्त० का तर्फबाट उहाँका नाति सिद्धार्थ कोइराला तथा ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण निधिका तर्फबाट उहाँका सुपुत्र विमलेन्द्र निधिले ग्रहण गर्नुभएको थियो ।

यसैगरी महाउज्ज्वल राष्ट्रदीप विभूषण स्व शेख इद्रिस ९रौतहट०, स्व नोना कोइराला ९मोरङ०, अमिक शेरचन ९चितवन०, बर्मन बुढा ९रोल्पा० र रामकुमारी यादव ९धनुषा० ले पाउनुभयो । इद्रिसका तर्फबाट मोहम्मद अफ्ताव आलम र नोनाका तर्फबाट डा शेखर कोइरालाले विभूषण ग्रहण गर्नुभएको थियो । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई उज्ज्वल कीर्तिमय राष्ट्रदीप विभूषणले विभूषित हुनुभएको थियो ।

कार्यक्रममा प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट छ व्यक्तित्व विभूषित हुनुभएको थियो । ती विभूषण प्राप्त गर्नेमा गोपालप्रसाद पराजुली ९पूर्वप्रधानन्यायाधीश०, ईश्वरीप्रसाद खतिवडा ९न्यायाधीश०, दीप बस्न्यात ९पूर्वप्रमुख आयुक्त, अदुअआ०, उमेश मैनाली ९अध्यक्ष, लोकसेवा आयोग०, राजेन्द्र क्षत्री ९प्रधानसेनापति, नेपाली सेना० र लोकदर्शन रेग्मी ९मुख्य सचिव० हुनुहुन्छ ।

यसैगरी सुकीर्तिमय राष्ट्रदीप विभूषणबाट २१ व्यक्तित्व विभूषित हुनुभएको थियो । यसरी विभूषित हुनेमा नवीनकुमार घिमिरे ९आयुक्त, अदुअआ०, श्रीपुरुष ढकाल ९सदस्य, लोकसेवा आयोग०, प्रा डा तीर्थ खनियाँ ९उपकुलपति, त्रिवि०, प्रा डा रामकण्ठ माकाजु ९उपकुलपति, काठमाडौँ विश्वविद्यालय०, प्रा चिरञ्जीवी शर्मा ९उपकुलपति, पोखरा विश्वविद्यालय०, प्रेमकुमार राई ९सचिव, गृह मन्त्रालय०, महेन्द्रमान गुरुङ ९सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय०, दिनेशकुमार थपलिया ९सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र डा ताहिर अली अन्सारी ९पूर्वान्यायाधीश सर्वोच्च अदालत० हुनुहुन्छ ।

अषेश मल्ल ९कलाकार०, पूर्णचन्द्र थापा रथी बलाधिकृतको कार्यालय ९नेपाली सेना०, प्रकाश अर्याल ९पूर्वप्रहरी महानिरीक्षक, नेपाल प्रहरी०, सिंहबहादुर श्रेष्ठ ९पूर्वसशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल०, शैलैन्द्र खनाल९सशस्त्र प्रहरी महानिरीक्षक०, ईश्वर हमाल९ उपरथी, नेपाली सेना०, रवीन्द्र क्षत्री९मानार्थ उपरथी राष्ट्रिय सेवा दल, नेपाली सेना०, यादवप्रसाद कोइराला९प्रशासकीय अधिकृत, कामपा०, भेषनाराण दाहाल९महानिर्देशक,पुरातत्व विभाग०, डा रामदयाल राकेश ९साहित्यकार, सर्लाही० र प्रदीपकुमार राई ‘व्याकुल माईला’९साहित्यकार, ओखलढुङ्गा० हुनुहुन्छ ।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
रासस