फेडेररको चुनौती समाप्त


न्युयोर्क, (एजेन्सी) ।
रोजर फेडेरर र मारिया सारापोभा न्युयोर्कमा जारी युएस ओपन टेनिसअन्तर्गत चौथो चरणबाट बाहिरिएका छन् ।
सोमबार भएको खेलमा ३७ वर्षीय फेडेरर विश्व वरियतामा ५५औं नम्बरमा रहेका जोन मिलम्यानसँग हारेका हुन् । २९ वर्षीय मिलम्यानसँग ३ घण्टा ३८ मिनेट संघर्ष गरेपनि स्विस खेलाडी ३–६, ७–५, ७–६, ७–६ को चार सेटमा पराजित भयो । स्तब्ध नतिजा निकालेका अस्टे«लियाका मिलम्यानले क्वार्टरफाइनलमा नोभाक जोकोभिचसँग खेल्नेछन् ।

फेडेरर युएस ओपनमा शीर्ष ५० भन्दा बाहिरका खेलाडीसँग हारेको यो पहिलो पटक हो । यसका साथै उनको न्युयोर्कमा छैटो र करियरको २१औं ग्रान्डस्लाम उपाधि जित्ने धोको पनि पुरा हुन सकेन । पहिलो सेट ३३ मिनेटमा जित्दा उनले उक्त खेल सहजै जित्ने लक्षण देखाएका थिए । तर दोस्रो सेटमा उनको सर्भिस नै कमजोर बन्न पुग्यो । कमेन्टेरी गर्नेले फेडेररको करियरमा सबैभन्दा खराब सर्भिस भनेर पनि बताइरहेका थिए । उनले पहिलो सर्भिसमा २४ मध्ये ६ मात्रै सहि स्थानमा लगाउन सकेका थिए ।

यसको बावजुद फेडेररले दोस्रो सेटमा ३–२ को अग्रता लिएका थिए । तर पहिलो सर्भिस सहि ठाउँमा लाग्न नसकेपछि उनलाई खेलमा समस्या भयो । ५–४ को अग्रतामा दोस्रो सेट जित्न उनी निकट थिए । उनले डबल फाल्ट गरेपछि मिलम्यानले उनको सर्भिस ब्रेक गरेर खेल ५–५ मा पु¥याए । अस्टे«लियन खेलाडीले अर्को दुई सर्भिस लगातार जित्दै सेट हात पारे । त्यसपछि तेस्रो र चौथो सेट टाइब्रेकरमा जितेर मिलम्यानले करियरमा ठूलो सफलता हासिल गरेका थिए ।