हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल एसियाकपबाट बाहिरियो


नेपाल समाचारपत्र, काठमाडौं ।
जित्नै पर्ने खेलमा हङकङसँग ३ विकेटले पराजित भएपछि नेपाल एसियाकप छनोट क्रिकेट प्रतियोगिताबाट बाहिरएको छ । मंगलबार मलेसियाको बांगी मैदानमा नेपाली ब्याटसम्यानले अति नै कमजोर ब्याटिङ गरेको थियो । पुरै टोली ३७.५ ओभरमा ९५ रन बनाएर आउट भएको थियो ।
नेपाली ब्याटसम्यानले हङकङका बलरसामु आफुलाई सहजै रुपमा आत्मसमर्पण गरे । कोही पनि खेलाडीले व्यक्तिगत २० रन पनि कटाउन सकेनन् । सन्दीप लामिछानेले ५ विकेट लिएपनि ब्याटसम्यानले रन बनाउन नसक्दा उनको उत्कृष्ट प्रदर्शन छायामा प¥यो ।
नेपालले दिएको ९६ रनको सहज लक्ष्य हङकङले संघर्ष गर्दै ७ विकेट गुमाएर ३२ ओभर ३ बलमा प्राप्त ग¥यो । हङकङलाई जित दिलाउन अशुंमन राथले ५२ रनको सानदार इनिङ खेलेका थिए । नेपालका बलरमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा २ मेडन (रन नदिएको ओभर) सहित २६ रन खर्चेर ५ विकेट लिए । त्यस्तै सागर पुन र बसन्त रेग्मीले एक एक विकेट प्राप्त गरेका थिए ।
नेपालको ब्याटिङ ध्वस्त बनाउन एहसान खानले १५ रन दिएर सर्वाधिक ४ विकेट लिए । अरु बलरले पनि किफायती बलिङ गरेका थिए । जसमा एजाज खानले ६ ओभरमा १६ रन खर्चेर २ विकेट हात पारे भने त्यति नै विकेट लिन तनवीर अफजलले १० ओभरमा ३१ रन दिएका थिए । यस्तै एहसान नवाज र नदीम अहमदले एक–एक विकेट हासिल गरेका थिए ।
नेपाली ब्याटिङमा यसअघिका खेलमा कोही न कोही चम्केका थिए । तर यो खेलमा कोही पनि खेलाडीले नेपाली ब्याटिङलाई सम्हाल्न सकेनन् । आरिफ शेखले बनाएको १८ रन नै व्यक्तिगत उच्चतम योगदान सावित भयो । अन्यमा अनिल साह र बसन्त रेग्मी समान १५, कप्तान पारख खड्का १४, ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भएका थिए । अन्य बाँकी ब्याटसम्यानले दोहोरो अंक पनि छुन सकेनन्. ।