सप्तरीमा ६० करोड वढि वजेट फ्रिज, राजश्व संकलन पनि घट्यो

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज ।
आ.व. ०७४÷०७५ मा सप्तरीको ६० करोड ६६ लाख ५४ हजार ६१५ रुपैयाँ वजेट फ्रिज भएको छ ।
चालुतर्फ ९ अर्व ४५ करोड ८६ लाख ८ हजार ९८६ तथा पूजिगत २ अर्व ३८ करोड ६२ ला २ हजार गरी कुल ११ अर्व ८४ करोड ४८ लाख १० हजार ९८६ रुपैयाँ विनियोजन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित वजेट मध्ये ११ अर्व २३ करोड ८१ लाख ५६ हजार ३७० रुपैयाँ निकासा भएकोमा १० अर्व ६३ करोड १५ लाख १ हजार ७५५ रुपैयाँ खर्च भई वाकी ६० करोड ६६ लाख ५४ हजार ६१५ रुपैयाँ वजेट फ्रिज भएको हो ।
चालुतर्फ ४४ करोड २६ लाख ६५ हजार ४०९ र पूजिगततर्फ १६ करोड ३९ लाख ८९ हजार २०६ रुपैयाँ फ्रिज भएको कार्यालय प्रमुख पुर्णराज कार्कीले वताए ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १ अर्व ८७ करोड, ५३ लाख ५१ हजार ४१४ रुपैयाँ ९७ पैसा फ्रिज भएको थियो भने आव ०७२÷०७३ मा ५५ करोड ६६ लाख ४६ हजार ५५१ रुपैयाँ वजेट फ्रिज भएको थियो ।
आर्थिक वर्षको अन्तिम समयमा आएर विकास गतिविधि सुरु गर्ने तथा सूरु हुने र समयमा काम सम्पन्न नगर्ने वानीको विकास भएकाले विकासीय वजेट फ्रिज हुने गरेको पाईएको छ ।
सप्तरीमा अघिल्लो आवको तुलनामा राजश्व संकलन पनि घटेको छ । आव ०७४÷०७५ कुल ५७ करोड १८ हजार ३७१ रुपैयाँ राजश्व संकलन भएको छ । आव ०७३÷७४ मा कुल ५७ करोड ९९ लाख ९७ हजार १२३ रुपैयाँ राजश्व संकलन भएको थियो ।