ढुङगाले लागेर दुई युवक घाईते, एकको अवस्था गम्भीर

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
पहिरो संगै भीरवाट खसेको ढुङगाले लागेर बैतडीमा मंगलवार दुई युवक घाईते भएका छन्। घाईतेमध्ये एकको अवस्था गम्भीर रहको छ । घाईते हुनेमा मेलौली नगरपालिका १ का १८ बर्षीय आनन्दसिंह नेगी र ३५ बर्षीय देवेन्द्रसिंह नेगी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । घाइते मध्ये आनन्दको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाईते आनन्दको टाउको गहिरो चोट रहेको प्रहरी प्रवक्ता जोशीले बताए । गम्भीर घाइते आनन्दकोे मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारको लागी कैलाली रेफर गरिएको छ भने देवेन्द्रको मेलौलीमै उपचार भईरहेको छ ।
मंगलवार बिहान साढे ९ बजे घरवाट काडाँबजार बजार जाने बेला डेवराली भन्नेस्थानमा एक्कासी पहिरोसंगै खसेको ढुङगा लागेर उनीहरु घाईते भएका स्थानीय लक्ष्मण पार्कीले बताए ।