अनुरागमा एलिजाको राग

0
Shares

नवनायिका एलिजा गौतमले सानैदेखि फिल्म क्षेत्रमा आउने चाहना भए पनि विवाहअघि आउन नपाएका कारण विवाहपछि मात्र आएको खुलाएकी छिन्। ‘विवाह र बच्चा भएपछि घरपरिवार र श्रीमान् ९पत्रकार ऋषि धमला० सबैको केयर गरेर समय निकाल्दै काम गर्नु त्यति सजिलो त थिएन, तर पनि श्रीमानको साथ र सहयोगले फिल्म क्षेत्रमा आएकी छुः’, उनले भनिन्– ‘धनपति र निर्मल शर्माको एक फिल्ममा अफर आए पनि समयअनुकूल नभएकाले काम गरिनँ। अफर आएका सबै फिल्म गर्नुपर्छ भन्ने छैन। आफ्नै फिल्ममार्फत डेब्यु गरे पनि अब अरू फिल्ममा पनि काम गर्नेछु।’

आगामी असोज १२ गते अन्य २ नेपाली फिल्मसँगै अल नेपाल रिलिजमा आउने फिल्म अनुराग आफ्ना लागि परीक्षा भए पनि सफल हुने विश्वास उनले व्यक्त गरिन्। ‘राम्रो र भनेजसरी काम गर्न पाइने भएकैले घरभित्रकै फिल्मबाट डेब्यु गरेकी हुँ। मेरो फिल्म खेल्ने इच्छा थाहा भएपछि श्रीमान् र मबीच भएको सल्लाहबाटै अनुराग जन्मेको हो। फिल्ममा सबैले मेहनत गरेकाले सफल हुनेमा ढुक्क छौं’, एलिजाले राजधानीमा आयोजित भेटघाटमा भनिन्– ‘यो फिल्म कलेज पढिरहेका युवायुवतीका लागि गतिलो फिल्म हुनेछ। अनुरागसँगै अरू २ फिल्म पनि आउँदैछन्, तर यसका बाबजुद दर्शकले अनुराग हेरेरै छाड्नुहुनेछ भन्ने विश्वास छ। यसको गीत र ट्रेलरबाट पाएको कमेन्टका आधारमा पनि दर्शक अनुराग हेर्न लालायित छन् भन्ने महसुस गरेका छौं।’

फिल्मका प्रस्तुतकर्ता धमलाले अनुराग एलिजाकै लागि बनाएको बताए। ‘एलिजासँग विवाह गर्दा उहाँ २१ वर्षको हुनुहुन्थ्यो। फिल्म क्षेत्रमा काम गर्ने रूचि देखाएपछि हामी आफंैले फिल्म बनाउने निर्णय ग¥यौं। २ बच्चाकी आमा एलिजा बच्चा २ महिनाको हुँदादेखि नै फिल्मको तयारीमा लाग्नुभएको थियो’, धमलालो भने– ‘एलिजाको कामलाई दर्शकले मन पराउनुहुनेछ भन्ने विश्वास छ।’ धमलाले अरूको फिल्ममा काम गर्नबाट रोक्नका लागि नभई फिल्म क्षेत्रमा पत्नीको इच्छा भएका कराण आफूले फिल्ममा लगानी गरेको बताए। ‘अनुराग फिल्म उद्योगको सहयोगी फिल्मको रूपमा आउँदैछ। राष्ट्रियस्तरका नेतादेखि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसम्मले तपाईंको फिल्म हेर्नुपर्छ भन्नुभएको छ। मैले फिल्म तपाईंहरूका लागि बनेको छैन युवायुवतीको लागि बनेको छ भनें, तर पनि रिलिजअघि एक पटक उहाँहरूलाई राखेर फिल्म देखाउने विचार छ’ –उनले भने।

म्युजिकल लभ स्टोरी भनिएको फिल्म अनु र राग नामका २ युवायुवतीको प्रेममा आधारित छ। नवनिर्देशक सत्यराज चौलागार्इं निर्देशित फिल्ममा समुद्रराज पण्डितले नवअभिनेताको रूपमा डेब्यु गरेका छन् भने एलिजा र समुद्रका साथमा सरोज खनाल, रूपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणालगायतले अभिनय गरेका छन्। भरत गौतम र गीता भेटवालद्वारा निर्मित फिल्ममा कथा किरण ढकाल, पटकथा र संवाद निर्देशक चौलागाईं र अगात केसी, संगीत ताराप्रकाश लिम्बु र सरोज पोखरेलको रहेको छ।