एसिया कप: अन्तिम लिग खेलमा नेपालले हङकङको सामना गर्दै


काठमाडौं । एसिया कप छनोटको अन्तिम लिग खेलमा नेपालले हङकङको सामना गर्दैछ । फाइनलमा स्थान बनाउन नेपालले यस खेलमा फराकिलो अन्तरको जितसँगै अर्को खेलमा ओमनले यूएईलाई पराजित गर्नुपर्ने अवस्था छ ।

 

यूएई आफैं पनि अर्को चरणमा पुग्न जित चाहिएको अवस्थामा नेपाललाई फाइनल पुग्न निकै कठिन देखिन्छ । हङकङ पनि जित दर्ता गरे अर्को चरणमा पुग्नेछ । शीर्ष ४ टोलीको नै दोस्रो चरण पुग्ने सम्भावना जीवित रहेकाले लिग चरणको अन्तिम खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेपालले टस जितेर ब्याटिङ रोजेको छ । ओमानले यूएईविरुद्ध पहिलो ब्याटिङ गरिरहेको छ । यस खेलको नतिजाले पनि नेपालको भाग्य निर्धारण गर्नेछ । यूएई विजयी भएको खण्डमा नेपालको सम्भावना समाप्त हुनेछ ।

नेपालले प्रतियोगिताको सुरुआती दुई खेल गुमाएपछि प्रतियोगिताको फाइनल पुग्ने आशा पातलिएको थियो । यूएई र ओमानलाई नतिजा सुम्पिएको नेपालले त्यसपछि भने मलेसिया र सिंगापुरलाई हराएको हो । हङकङविरुद्ध फराकिलो जित हात पार्दै रनरेट सुधार्न सके नेपाल अगाडी बढ्ने सम्भावना रहेको छ ।