सवारी दुर्घटनामा सात घाईते

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।
सुर्खेतमा जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजना यात्रु घाईतेका भएका छन् ।
सिम्ता गाउँपालिका २ दुर्पा सुर्खेतको काफलकोटदेखि बाहखर्क जाँदै गरेको लु १ च १९०९ नं. को जिप आज बिहान ९ः०० बजे सडकबाट छ मिटर तल खस्दा गुर्भाकोट नगरपालिका ४ सहारे सुर्खेत निवासी ३० वर्षीय चालक दिनेश बिकसहित ३ जना घाईते भएका छन् । त्यस्तै, घाईते हुनेमा बालकद्वय सिम्ता २ का २ महिनाका देवेन्द्र बुढा र १८ महिनाका रोशन सिंह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
घाईतेको स्थानीय सिम्ता गाउँपालिकाकै स्थानीय जमुना बजारमा उपचार भईरहेको प्रवक्ता चौधरीले जनाउनुभयो । त्यसैगरी, नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको ना.१.ख. २१४१ नं.को बस र सुर्खेतबाट छिन्छु जाँदै गरेको ना.१.ख ८५९४ टिप्पर भेरीगंगा नगरपालिका २ छैसट्ठी भन्ने स्थानमा एकआपसमा ठोकिदा ४ जना घाईते भएको उहाँले बताउनुभयो ।
घाईते हुनेहरुमा बैजनाथ गाउँपालिका १ बाँकेका ३० वर्षीय चालक तिर्थ बडुबाल, बीरेन्द्रनगर नगरपालिका ३ बस्ने ४० वर्षीय रतनाकुमारी सुनार, डुंगेश्वर गाउँपालिका ४ दैलेखकी जगमती थापा, र पञ्चपुरी नगरपालिका १ सुर्खेतकी २८ वर्षीय निरज सिजापति रहेको उहाँको भनाई छ । दुवै खुट्टा भाँचिएकी ४० वर्षीय सुनारसहित घाईते सबैको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।