फेलातालमा अलपत्र परेका ८ जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

0
Shares

कास्की ।
कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी परेको पानी तथा हावाहुरीको कारण तालको बीच भागमा अलपत्र परेका आठ जना पर्यटकलाई एपीएफ टोलीले हिजो साँझ सकुशल उद्वार गरेको छ ।

सोको जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो ।
तालमा बोटिङ्ग गर्ने क्रममा एक्कासी आएको पानी तथा हावाहुरीको कारण चीनियाँ नागरीक २५ वर्षिय जोन लिबाङ खाथ्याङ्ग, २१ वर्षिया बिन्जीन खाथ्याङ्ग र भारतीय नागरीक ३४ वर्षिय श्रीनाथ यादव, ४१ वर्षिय उमेश यादव, ३५ वर्षिय सुरेन्द्र जैसवाल, ३० वर्षिय महेन्द्र अग्रवाल, २३ वर्षिय गुड्डु जैसवाल र वर्ष २७ की चाँदनी जैसवाललाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले मोटरबोट र थ्रो व्यागको सहायताले तालबाट तत्कालै उद्वार गरेको हो ।