अख्तियारमा पर्वतका ८३ उजुरी, स्थानिय तह र शिक्षाका उजुरी बढी

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्वतका ८३ वटा उजुरी परेका छन ।
अख्तियारमा आर्थिक बर्ष २०७४÷०७५ मा जम्मा ८३ वटा उजुरी परेका हुन । अख्तियारमा परेका उजुरी मध्ये स्थानिय तह र शिक्षा क्षेत्रमा भएका भ्रष्टचारका उजुरी बढी छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराले दिएको जानकारी अनुसार पर्वत जिल्ला सम्बन्धी ८३ उजुरी मध्ये ५४ वटा फस्र्योट भैसकेका छन । पर्वत सम्बन्धी एक बर्षमा परेका उजुरी मध्ये ६५ प्रतिशत उजुरी फस्र्योट भैसकेको क्षेत्रिय कार्यालयका उपसचिब पिताम्बर भण्डारीले बताए । यस आर्थिक बर्षको डेढ महिनामा गतबर्षको जिम्बेवारी सरेका सहित ३३ वटा प्रारम्भिक छानविन र ४ वटा उजुरीमा बिस्तृत अनुसन्धान शुरु भैरहेको छ ।
स्थानिय तह र शिक्षामा सबैभन्दा बढी अनियमितता भएका उजुरी परेको अख्तियारको कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षको साउन यता मात्रै स्थानिय तह र शिक्षा सम्बन्धी ११, ११ वटा उजुरी परेका छन । स्थानिय तहले सडक निर्माण गर्दा २ हजार रुपैया प्रतिघण्टाका दरमा एक्साभेटर लिएपनि ३ हजार रुपैंया प्रतिघण्टाका दरमा सम्झौता गरि भ्रष्टचार गरेको, ३ घण्टा भएको कामलाई ६ घण्टाको बिल बनाएर भ्रष्टचार गरेको जस्ता उजुरी बढी छन । प्रमुख प्रशासकीय अधिकृतले नक्कली बिल बनाएर भुक्तानी दिने गरेको ,। सामाजिक सुरक्षा भत्तामा अनियमितता हुने गरेको तथा एक बर्ष अघि बनाएको बाटोलाई अहिले बनाएको भन्दै बिल मिलाएर मिलेमतोमा भ्रष्टचार हुने गरेको उजुरी बढी आएका छन ।
नियम बिपरित शिक्षक नियुक्ती गर्ने, शिक्षण अध्यापन अनुमति नभएकालाई शिक्षकमा नियुक्त गर्ने, बिद्यालय भवन निर्माण गर्दा भ्रष्टचार गरेको जस्ता उजुरी समेत बढी परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । वन उपभोक्ता समिति, ग्रामिण बिद्युतीकरण, खोनपानी तथा सिंचाई आयोजनाहरुमा भ्रष्टचार भएका उजुरी पनि अख्तियारमा परेका छन । सडक कालोपत्रे गर्दा भ्रष्टचार भएका उजुरीहरु पनि पर्वतबाट अख्तियारमा परेका छन ।
स्थानिय तहमा धेरै बजेट गएको र राजनैतिक प्रतिशोधले पनि कतिपय उजुरीहरु परेको अख्तियारका क्षेत्रिय प्रमुख काशीराज दहाल बताउँछन । सामान्य र दुःख दिने नियतले दिएका उजुरीलाई तामेलीमा राखेर भ्रष्टचार र अनियमितता भएको देखिएका उजुरीहरुलाई छानबिन अघि बढाइएको