कञ्चनपुरमा थप एक जना बलात्कारी पक्राउ

0
Shares

हरकसिंह धामी, कञ्चनपुर ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामुहिक बलात्कार गर्ने थप एक जना पक्राउ गरेको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि भाद्र १४ बिहीबार राति सामुहिक बलात्कार भएको थियो । पिडित पक्षले दिएको किटानिको आधारमा बेल्डाँडी गाउँपालिका वडा नंं. १ का २२ बर्षिय जनक खडकालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको जनाएको छ । १५ गते मान बहादुर बिष्ट पक्राउ गरी सकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायत जानकारी दिनुभयो ।

भाद्र १४ बिहीबार राति ती बालिकाको घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा गएका ती युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएका थिए । सडकका पुगेकी ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकले घरदेखि अर्को गाउँ जबदिया भन्ने ठाउँमा लगेर सामुहिक बलात्कार गरेका थिए । गते १० साउन कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरीएको थियो भने अहिले सम्म हत्यारा पत्ता लागन सकेको छैन ।