सिसी क्यामेरा बिग्रन थालेपछि थपियो सुरक्षा चुनौती

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
पर्वत जिल्लाको सदरमुकाम कुस्माबजारमा चार ४ वर्षअघि जडान गरिएका सीसी टीभी क्यामेरा बिग्रिन थालेका छन ।
पर्वत उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको प्रयासमा जडान गरिएका सीसी क्यामेरा मर्मतको अभाबमा बिग्रन थालेका हुन । सिसी टिभी क्यामरा बिग्रन थालेपछि सुरक्षा चुनौती थपिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले पत्रकार भेटघाट कार्यक्रममा दिएको जानकारी अनुसार लोकतन्त्रचोक, प्रगतिचोक, मैत्रीचोक र फिल्महल चोकका क्यामेरा बिग्रिएका छन् । त्यस्तै बडागाउँको अस्पताल चोक, दुर्लुङचोक, जिरो किलोमिटरका २ सहित ८ क्यामेरा बिग्रिएका छन । स्थानीयले विद्युत् जडान गर्न नदिँदा बान्द्रेबिंडी चौरको क्यामेराले काम गरेको छैन । जडान गरिएका सिसीटिभी क्यामरा कुस्मा नगरपालिकाले ब्यबस्थापन गर्ने गरि हस्तान्तरण गरिएको थियो । नगरपालिकाले मर्मत गरेको छैन भने प्रहरीले केबुल ब्यबसायीको सहयोग लिएर सामान्य मर्मतको काम गरिरहेको प्रहरी प्रमुख डिएसपी भूवनेश्वर तिवारीले जानकारी दिए । ‘मर्मत गर्नका लागि प्रहरी संग रकम अभाब छ, अन्य निकायले ध्यान दिनुपर्छ’ उनले भने ‘मुख्य चोक र बढी संवेदनशील क्षेत्रकै क्यामेरा बिग्रिएपछि प्रहरीलाई आपराधिक गतिविधी नियन्त्रणमा असहज भएको छ’ ।
तत्कालिन जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठको पहलमा कुश्माका मुख्यमुख्य चोकमा २९ सीसी क्यामेरा जडान गरिएका थिए। कुश्मामा शाखा रहेका वाणिज्य तथा विकास बैंक, सहकारी, व्यवसायी तथा स्थानीय बासिन्दाको सहयोग संकलन गरी करिब ३० लाखमा क्यामेरा जडान गरिएको थियो । क्यामरा जडानका लागि पर्वत उद्योग बाणिज्य संघले पहल गरेपनि अहिले मर्मत नहुँदा ब्यबसायीले असुरक्षाको महसुस गर्न थालेको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउ । ‘उतिबेला सीसी क्यामेरा भनेपछि सबै उत्साहित भए,’ उनले भने, ‘त्यसको दिगो सञ्चालनमा कसैको ध्यानै गएन । अब नगरपालिकाले चासो दिनुपर्छ ।’
अघिल्लो वर्ष भएका ४ घटनाको अनुसन्धानमा प्रहरीलाई सीसी क्यामेराको फुटेजले ठूलो मद्दत मिलेको थियो । मैत्रीचोक नजिकै बिहीबार एक सुनपसलमा भएको चोरीको घटना सीसी क्यामेराकै अभावमा अझै पत्ता लगाउन गाह्रो भएको प्रहरीको बुझाई छ । त्यस्तै कुश्मा–ज्ञादी, कुश्मा–मुडिकुवा र कुश्मा–बलेवा आकाशे पुलमा समेत सीसी क्यामेरा जडान गर्न नगरपालिकालाई सुझाइएको छ। पुलहरुमा धेरै मानिसको आवतजावत हुने र रातको समयमा अपराधिक घटना हुन सक्ने भएकाले थप क्यामरा आवश्यक भएको प्रनाउ तिवारीले बताए ।