सूचनाको हक कार्यन्वयन गर्न महिला जनप्रतिनीधि प्रतिवद्ध

0
Shares

कालीवहादुर मल्ल, कालिकोट ।
सूचनाको हक सम्वन्धि ऐन २०६४ को प्रभावकारी कार्यनवयन र स्थानीय सरकारका २२ वटा अधिकारको सहि सदुपयोग गर्न जिल्लाको रास्कोट नगरपालिकाका महिला जनप्रतिनीधिहरु प्रतिवद्ध भएका छन् ।

निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि,संघीयता,राज्यपुनर्संरचना,नेपालको संविधान र स्थानीयसरकारको कामकर्तब्य बारे बिहीबार आयोजित अभिमुखीकरण तालिमको समापन कार्यक्रममा रास्कोट नगरपालिकाका महिला जनप्रतिनीधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुगिसक्दा पनि स्थानीय सरकारका २२ वटा अधिकारको सदुपयोग हुन नसकेको सोही नगरपालिका–४ का सदस्य वालिसरा शाहीले वताइन । उनले स्थानीय तहमा सूचनाको हक सम्वन्धि ऐनको प्रभावकारी कार्यन्वयन नहुदा स्थानीय सरकारका काम कार्यहरु पारदर्शी नभएको जनाकारी गराइन ।
स्थानीय तहको साशन तथा विकास प्रक्रियामा नागरिकहरुको बृहत संलग्नता गर्दै स्थानीय सरकारमा लोकतन्त्र विधिको शासन एवम सुशासन प्रबद्र्धन गर्ने उद्देश्यकासाथ आयोजित अभिमुखिकरण तालिममा रास्कोट नगरपालिमा रहेका निर्वाचित १८ जना महिला जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

युरोपिएन युनियनको आर्थिक सहयोग,हेल्भिटास नेपालको प्रविधिक सहयोग र रास्कोट नगरपालिकाको समन्वयमा सञ्चालित दुइ दिने तालिमको सहजिकरण पत्रकार कालीहादुर मल्ल र सादा नेपाल रेडियो नेपाली आवाजका नमराज यागीले गरेका थिए ।
सक्रिय जनता जवाफदेही नगरपालिका परियोजना अन्तरगत सञ्चालित तालिममा राज्यको पूर्नसंरचना र संघियता,नेपालमा संघियताको कार्यन्वयन,नेपालको संविधान र महिला अधिकार सम्वन्धि प्राव्धान, सूचनाको हक सम्वन्धि ऐन र स्थानीय तहको भूमिका र वडा समितिका काम कर्तव्य तथा अधिकारका वारेमा जानकारी गराइएको थियो ।

सूचनाको हक सम्वन्धि ऐन २०६४ ले सावर्जनिक निकायले प्रत्येक ३÷३ महिनमा आफ्ना गतिविधिहरु सार्वजनिक गर्नु पर्ने भनि उल्लेख गरिए पनि स्थानीय तहरुले डेढ वर्ष सम्म गुपचुपमै राखेका छ ।