बालाजु क्षेत्र बन्द भएको विद्युत् आपूर्ति गर्ने प्रयास जारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले आगलागीका कारण क्षति पुगेको बालाजु सब–स्टेसनको ट्रान्सफर्मको मर्मत गरिरहेको छ । सब–स्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलागी भएको थियो ।
आगलागीबाट बालाजु र महाराजगन्जको बीचमा विद्युत आपूर्तिमा गडबढी भइरहेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले ट्रान्सफर्मरमा समस्या आउनसाथ प्राविधिक टोली खटिई मर्मत गरिरहेको जानकारी दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार सब–स्टेसनको स्थलगत निरीक्षण गरी मर्मत सम्भारको काम छिट्टो सक्न निर्देशन दिएका थिए ।
‘आगलागी भएको बुसिङ फेरि तेल हालिएको छ, लो भोल्टेज बुसिङमा पनि समस्या देखिएकाले त्यसलाई फेर्ने काम भइरहेको छ,’ प्रवक्ता अधिकारीले भने–‘मर्मत सम्भारको काम चाँडोभन्दा चाँडो सकेर विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण लागिरहेको छ ।’
बालाजू सब–स्टेसनमा पिक समयमा करिब ३१ मेगावाट विद्युत् माग छ । साधारण समयमा सब–स्टेसनमा चालू रहेको एउटा ट्रान्सफर्मरले लोड धाने पनि पिक समयमा नधान्ने हुँदा आलोपालो गर्दै त्यस क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिएको अधिकारीले जानकारी दिए । ‘एउटा ट्रान्सफर्मरमा आगलागी भएपछि त्यस क्षेत्रमा करिब १५ मेगावाट विद्युत् आपूर्ति गर्न सकिंँदैन,’ उनले भने–‘यसले गर्दा त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा केही गडबढी भएको छ ।’
धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगन्ज(१, महाराजगन्ज(२, टेकु(१, बिआई डि(१, बिआई डि(२, नयाँ बजार फिडरहरुबाट विद्युत् आपूर्ति भएका क्षेत्र प्रभावित भएका हुन् ।