नेपाल प्रहरीलाई एसियाकै उत्कृष्ट बनाउँछुः प्रहरी महानिरीक्षक खनाल

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउन लागेको बताएका छन् ।
वीरगन्ज महानगरपालिकामा रहेको वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित ५ तल्ले भवनको सोमबार उद्घाटन गर्दै खनालले जनताले अनुभूत गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्नका लागि कुनै कसुर बाँकी नराख्ने बताए । अपराध नियन्त्रणसँगै बचेको समय सामाजिक अभियानमा लगाउनसमेत उनले प्रहरीलाई निर्देशन दिएका छन् ।
सबै स्थानीय तहसम्म प्रहरी युनिट पुर्याउने अभियानमा प्रहरी संगठन लागि परेको उनले जानकारी दिए । नयाँ मुलुकी संहिताले धेरै विषयहरुलाई अपराधको संज्ञा दिएकोले प्रहरी संगठन झनै जिम्मेवार भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।महिला हिंसा, लागू औषधविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न उनले मातहतका अधिकारीहरुलाई निर्देशन समेत दिए ।
नवनिर्मित भवन २ करोड ५४ लाख २ सय ७२ रुपैयाँको लागतमा पाँच तल्ले कार्यालय तथा ब्यारेक भवनको निर्माण गरिएको हो ।