कथा काठमाडौंको ट्रेलरमा प्रियंका र प्रमोद अझै हट

0
Shares

रातका कुरा बोलको गीतमा नायिका प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीलाई हटरूपमा देखाइएको फिल्म कथा काठमाडौंको यी दुई कलाकारलाई अझै हटरूपमा पेस गरिएको ट्रेलर सार्वजजिनक गरिएको छ।

सञ्चारकर्मी संगीता श्रेष्ठको डेब्यु निर्देशन र लेखनमा बनाइएको फिल्मको ट्रेलर राजधानीमा आइतबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। ट्रेलरमा काठमाडौं भित्रको ३ कथा प्रस्तुत गरिएको छ। जसमध्ये एक कथामा प्रियंका कार्कीलाई पैसाका खातिर मोडल बनेकी युवतीका साथमा यौन शोषणमा परेकी युवतीका रूपमा प्रस्तुत गरिएको छ। जसमा प्रमोद अग्रहरी जोडिन पुग्छन्। यसै क्रममा प्रियंका र प्रमोदबीचको उत्तेजक इन्टिमेट सिन देखाइएको छ। अर्को कथा नायक आयुषमान देशराज जोशी र प्रेक्षा अधिकारीको रहेको छ भने नायक संजोग कोइराला र सन्ध्या केसीको अर्को कथा ट्रेलरमा देखाएको छ।

असोज १२ गते अल नेपाल रिलिज हुने फिल्मले रातको कुरा बोलको गीतबाट आलोचना खेपे पनि टे«लर आइसकेका कारण फिल्मको कथा प्रस्ट हुने निर्देशक संगीताले बताइन्। ‘गीतलाई लिएर जति गाली र तालीहरू आए, त्यसलाई म माया नै हो भन्ने मान्छु। नेगेटिभ कुरामा मानिसको ध्यान छिटो जान्छ भन्छन्, यस्तो कुरा संसारबाटै हटेर जानुपर्छ। त्यसका लागि नेगेटिभ कुरा नै उठाउन पर्ने भएकाले यो फिल्मको कथामा लिइएको हो। फिल्मले समाजकै कथालाई बोकेको छ। फिल्म काठमाडांैका भिन्न तीन पात्रको कथा हो, जो पीडा सहे तापनि मुस्कुराउन बाध्य छन्।’ –संगीताले भनिन्। उनले आफूले रातारात हिट हुनका लागि नभएर काठमाडांैको यथार्थ कथा लिएर फिल्म बनाएको हुनाले फिल्मको दृश्यलाई नकरात्मकरूपमा लिन नहुने बताइन्। ‘फिल्ममा रियालिटीलाई उतार्न खोजिएको छ र सिम्बोलाइज गरिएको छ। एक प्रोस्टिट्युटको कथा छ, जसलाई पोटे« गर्नका लागि प्रियंका नै उपयुक्त भेटें।’ –उनले भनिन्। फिल्मका प्रमोद अग्रहरीले च्यालेन्जिङ रोलमा आफूलाई प्रस्तुत गर्ने रहर हुने दाबी गर्दै कथा काठमाडौंमा आफू भिन्न तीन अवतारमा देखिने बताए। ‘फिल्मको गीत आएपछि त्यसमा कतिपय टिप्पणी आए, यसलाई म नराम्रो मान्दिनँ। एउटा एक्टर भएपछि आफूलाई जस्तो रूपमा पनि प्रस्तुत गर्नुपर्छु।’ –उनले भने।

अर्का नायक संजोग कोइरालाले कथा काठमाडौंमा ३ वटा कथाले भरिएको फिल्म भए पनि पहिले सार्वजनिक गीतको कारण एउटा कथाले मात्र चर्चा पाएको बताए। फिल्मको ट्रेलरबारे बोल्दै अभिनेता, निर्देशक तथा निर्माता अशोक शर्माले नेपाली फिल्म क्षेत्र रामो भएकाले नयाँ आउने निर्माता निर्देशकलाई उत्साहित बनाउनुपर्नेमा जोड दिए। ‘म नारी–पुरुष दुवै समान हुन् भन्छु तर नारी भइकन पनि संगीता बहिनीले यस्तो कथा लिएर बोल्ड डिसिजन गर्नुभएको छ। उहाँको आँटलाई सम्मान गर्छु। फिल्ममा कथाले कहाँ के माग्छ त्यो देखाउनुपर्छ। तर, त्यसलाई सही ढंगमा देखाउनुपर्छ।’ –उनले भने। विजय राइको निर्माणमा तयार भएको फिल्ममा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुषमान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीलगायतले प्रमख भूमिकामा अभिनय गरेका छन्। फिल्ममा मोहित मुनाल, कमल खत्री, प्रदीप बास्तोला र सुरजविक्रम थापाको संगीत, अष्ट महर्जनको द्वन्द्व, लुजा सिंहको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।