एसिया कप छनोट: नेपालले जित्याे


काठमाडौं । नेपालले एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । सिंगापुरविरुद्ध आइतबार १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले २८।१ ओभरमा ६ विकेट गुमाउँदै आवश्यक रन जोडेको थियो । लगातार दुई जितपछि नेपालको छनोटको फाइनल पुग्ने सम्भावना यथावत छ । तर, त्यसका लागि हङकङलाई हराउनु पर्ने हुन्छ ।

नेपालले लागतार दोस्रो जित हासिल गर्ने क्रममा सामूहिक प्रदर्शन गरेको थियो । ओपनर सुवास खकुरेल र अनिल शाहले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए । अनिलले ४३ रन र सुवालले १४ रन जोडे ।

कप्तान पारस खड्काले ११ रन रन बटुले भने उपकप्तान ज्ञानेन्द्र मल्लले २९ रन जोडे । अघिल्लो दिन अर्धशतक पुरा गरेका दीपेन्द्र सिंह ऐरीले ३३, सागर पुनले १४ रन बनाए । आरिफ शेख ४ र सोमपाल कामी ० मा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको सिांपुरले कप्तान चेतन सूर्यवंशीले ६० रनको मद्दतमा ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए ।

नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३र३ विकेट लिए। सोमपाल कामिले २ र वसन्त रेग्मीले १ विकेट हात पारे । ललित खेलका म्यान अफ दी म्याच घोषित भए ।

अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो ।