सिंगापुरद्वारा नेपालसामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत


काठमाडौं । एसीसी एसिया कप छनोट खेल अन्तर्गत आज भएको चौथो खेलमा सिंगापुरले नेपाललाई १ सय ५२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ४२ ओभरमा १० विकेटको क्षतिमा १सय ५१ रन बनाएको थियो । सिंगापुरका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन बनाए । निकै खराब सुरुवात गरेको सिंगापुरले १८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।

तर, सूर्यवंशीले चौथो विकेटका लागि अनिश परमसँग ८० रनको साझेदारी गर्दै पारी सम्हाले । अनिश ३१ रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।