एसीसी एसिया कप छनोटः अाज नेपालले सिंगापुरसँगर्इ जित्नैपर्ने


काठमाडौं  । एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बांगीस्थित युकेएम ओभलमा जारी छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ ।

अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो ।

आइतबार सिंगापुरलाई पनि पराजित गर्दै छनोटको फाइनल खेल्ने सम्भावनालाई थप बलियो बनायने योजनामा हुनेछ । अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ । नेपाल र सिंगापुर अहिलेसम्म पाँचपटक आमने सामने भएका छन् । सबै पाँच भेटमा नेपाल विजयी हुन सफल भएको छ ।

२००८ को एसीसी एलिट ट्रफीमा नेपाल ६ विकेटले विजयी भएको थियो । २०१० विश्व क्रिकेट लिग डिभिजन–५ मा नेपाल १६ रनले विजयी भएको थियो । २०१० कै एसीसी एलिट ट्रफीमा पनि नेपाल २१ रनले विजयी हुन सफल भएको थियो । यस्तै नेपाल २०१४ को विश्व क्रिकेट लिग डिभिजन–४ मा ५ विकेटले तथा २०१४ मै भएको विश्व क्रिकेट लिग डिभिजन–३ मा १ सय ९० रनको भारी अन्तरले विजयी भएको थियो ।

आजै हङकङ र ओमानले तथा युएईं र मलेसियाबीच खेल हुदैछ । छनोटमा नेपालसँगै युएईं, हङकङ, ओमान, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गरिरहेका छन् । छनोटको शीर्ष दुई टिमले फाइनल खेल्नेछ । फाइनलको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।