-रश्मी थापा
भाइ, छोरा र भतिजावाद हरेक स्थानमा देख्न पाइन्छ, चाहे त्यो राजनीतिमा होस् या खेल क्षेत्रमा। न त फिल्म उद्योगमा नै। हरेक व्यक्ति आफ्ना मान्छेलाई अगाडि बढाउन लागिपरेका हुन्छन्। यही मेसोमा बी टाउन (बलिउड) को कुरा गर्ने हो भने त्यहाँ पनि भाइ भतिजावादको हाबी छ। बलिउडमा को–को अभिनेता तथा अभिनेतृले आफ्ना छोराछोरीलाई मौका दिएर उच्च स्थानमा पु¥याएका छन्? हेरौं ः
कपुरको शृंखला ऋषि कपुर

अब कुरा गरौं बलिउडका कपुर परिवारको। कपुर परिवारमा सबैभन्दा पहिले पृथ्वीराज कपुरले फिल्म उद्योगमा पाइला राखेका थिए। त्यसपछि उनका जेठा छोरा राज कपुर तथा राज कपुरले आफ्ना छोरा ऋषि कपुरलाई फिल्म बबीबाट बलिउडमा लन्च गराएका थिए। फिल्म बबीले बक्स अफिसमा तहल्का मच्चाएको थियो।
ऋतिक रोशनलाई पिताको कृपा

बलिउडका सुपर हिरो ऋतिक रोशनले सन् २००० मा बलिउडमा डेब्यु गरेका हुन्। उनलाई अभिनेता पिता राकेश रोशनले कहोना प्यार हेबाट ब्रेक दिएका थिए। ब्लक बस्टर सावित फिल्म संसारभर हिट भयो। जुन फिल्मबाट ऋतिक रातारात वल्र्डवाइड स्टार बनेका थिए।
बाबुको आशीर्वादबाट रकी बने सञ्जय दत्त

बलिउड बाबा अर्थात् सञ्जय दत्तलाई पनि उनका पिता तथा अभिनेता सुनिल दत्तले बलिउडमा ब्रेक दिएका थिए। उनले फिल्म रकीबाट बलिउडमा करिअर शुरू गरेको थिए। जुन फिल्मका निर्देशक उनका पिता सुनिल थिए। उक्त फिल्म ब्लकबस्टर भएपछि उनी सफल अभिनेता ठहरिए।
राजीव कपुरको जिम्मेदार राज कपुर
बलिउड अभिनेता राज कपुरले आफ्ना कान्छा छोरा राजीव कपुरलाई फिल्म जिम्मेदारबाट बलिउडमा डेब्यु गराएका हुन्, तर राजीवको फिल्मी करिअर निकै छोटो र≈यो। उनको फिल्म राम तेरी गंगा मैलीले बक्स अफिसमा केही रेकर्ड तोडेको थियो। मानिसले उक्त फिल्म निकै रूचाएका थिए।
छोरालाई आनन्द दिन सकेनन् देवानन्दले
बलिउडका मेगास्टार देव आनन्दले आफ्ना छोरा सुनिल आनन्दलाई फिल्म आनन्द और आनन्दबाट फिल्ममा उतारेका थिए, तर फिल्मले कुनै खास कमाल भने गर्न सकेन।
फिरोजले पत्याए पनि तहल्का मच्चाउन सकेनन् फरदिन खानले

सन् १९९८ बाट आफ्नो फिल्मी करिअर शुरू गरेका अभिनेता फरदिन खानलाई पनि उनका अभिनेता पिता फिरोज खानले बलिउडमा चान्स दिएका हुन्। फिल्म प्रेम अगनबाट बलिउडमा डेब्यु गरेका फरदिन खानको उक्त फिल्मले बक्स अफिसमा राम्रो कमाइ ग¥यो, तर यसपछि उनका फिल्मले तहल्का मच्चाएनन्।
पूजालाई पनि पिताकै तथास्तु

बलिउड नायिका पूजा भट्टलाई फिल्ममा ल्याउने श्रेय उनका पिता महेश भट्टलाई जान्छ। पूजाले सुपरहिट फिल्म ड्याडीबाट बलिउडको यात्रा तय गरेकी थिइन्।
ईशालाई आमाको आशीर्वाद

बलिउड अभिनेतृ हेमा मालिनीले आफ्नी छोरीलाई फिल्म टेल मी ओ खुदाबाट बलिउड डेब्यु गराइन्, तर उनको बलिउड डेब्यु फ्लप सावित भयो। नायक शाहरूख खानलाई फिल्ममा ल्याउने श्रेय पनि हेमालाई नै जान्छ। उनले शाहरूखलाई लिएर फिल्म दिल आशना है निर्देशन गरेकी थिइन्।











प्रतिक्रिया