डिबाला युभेन्टसमा


लन्डन, (एजेन्सी)
ला लिगा क्लब रियल मेड्रिडले युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालालाई अनुबन्ध गर्न १ सय ८० मिलियन युरो तिर्न सहमत भएको छ ।
फ्लोरेन्टिनो पेरेज ट्रान्सफर विन्डोज सकिनै लाग्दा मोटो रकममा खेलाडी अनुबन्ध गर्दै बाजी मारेका छन् । क्लबले जनाएअनुसार डिबालाको युभेन्ट्स प्रबन्धक मासिमिलिनो एलेग्रिसँग सम्बन्ध नराम्रो रहेको छ । फरवार्ड डिबालालाई रियलमा क्रिस्टियानो रोनाल्डोले लगाउने ७ नम्बर अंकित जर्सी लगाउने पनि बताइएको छ । मिडियाले जनाए अनुसार उनीहरुले रोनाल्डोको रिक्त स्थानमा डिबालालाई ल्याएको छ ।

डिबाला एक आधुनिक खेलाडी मध्यका एक हुन् । उनमा युरोपका कुनै पनि टिमका लागि शीर्ष स्ट्राइकर हुन सक्ने क्षमता छ । यतिखेर २४ बर्षीय डिबाला म्यानचेस्टर युनाइटेड र रियलको नजरमा परेका छन् । उनी पालेर्मोबाट २०१५ मा युभेन्ट्स पुगेका थिए । डिबाला विश्वको शिर्ष खेलाडी मध्यका एक हुन् । उनले पछिल्लो बर्ष युभेन्ट्सका लागि असाधारण फुटबल खेलेर आफुलाई साबित गरिसकेका छन् । गत सिजनको सिरी–ए मा उनले ३३ खेल खेल्दै २२ गोल र ५ असिस्ट गरेका थिए ।