बङ्गलादेशका प्रधानमन्त्री स्वदेश फिर्ता

0
Shares

काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिएर बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज स्वदेश फर्किनुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गर्नुभयो । बिम्स्टेकमा भाग लिनका लागि बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बिहीबार काठमाडौँ आउनुभएको थियो ।