खेलाडी सम्मान


बुटवल, (नेस)
हालै काठमाण्डौमा भएको ११औं अन्डर स्कुल जुनिएर खुल्ला लन टेनिस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका गरेका रुपन्देहीका खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ ।

यही भाद्र ६ गते देखि १३ गतेसम्म काठमाण्डौ भएको प्रतियोगितामा अन्डर ८ मा बुटवल पब्लिक स्कूलका छात्र विजेस अर्यालले स्वर्ण जिते । न्यू होराईजनका योगेश ज्ञवालीले रजत र यमन रानाले कांस्य पदक हात पारेका थिए । अन्डर १० मा होराइजनका रितेश ज्ञवालीले रजत पदक हासिल गरेका थिए । उनीहरुलाई नगद सहित बुटवल लन टेनिस क्लबले सम्मान गरेको हो ।

पदक जिताउन सफल प्रशिक्षक विकास खडकालाई पनि नगद सहित सम्मान गरिएको थियो ।