धनवीर दाहाल, रुकुम पुर्व ।
नेपाल टेलिकमले जिल्लाको दुर्गम ठाँउमा टावर निर्माण गरेको छ । रुकुम पूर्वको विकट बस्ती सिस्ने गाउँपालिका –२ सुर्दीमा नेपाल टेलिकमको टावर निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । सिस्ने गाउँपालिकाकै सबैभन्दा बढी सञ्चार सेवाबाट बञ्चित भएको उक्त क्षेत्रमा टावर सञ्चालनमा आउने भएपछि स्थानीयहरु खुसी भएका छन् ।
सहज सञ्चार सेवाका लागि दिनको घाम कुर्नुपर्ने र अग्ला डाँडामा चढ्नुपर्ने अवस्था अब अन्त्य हुने स्थानीय पे्रम घर्तीले आशा गर्नुभयो । उक्त टावरले विशेष गरी गाउँपालिकाको वडा नम्बर १ सिस्ने र वडा नम्बर २ प्वाङलाई सञ्चार सेवामा जोड्ने उद्देश्यले टावरको निर्माण गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । नेपाल टेलिकमले गत वर्षदेखि उक्त ठाउँमा टावर निर्माण कार्य थालेको थियो । २०७४ चैत्र मसान्तमै निर्माण गरिसक्ने र वैशाखसम्म सेवा सुचारु गर्ने भनिए पनि समयभन्दा ढिलो निर्माण भएको हो ।
भौगोलिक विकटताका कारण आवश्यक सामाग्रीहरु पु¥याउन कठिनाईका भएका कारण तोकिएको समय भन्दा केहि ढिला निर्माण भएको बताईएको छ । ‘ट्रस फिटिङका लागि आवश्यक सामाग्री हेलिकप्टरबाट लिने कुरा थियो तर वर्षातको समयमा खराब मौसम भएकोले मान्छेले नै ओसारपसार गर्नुप¥यो’ टेलिकमका कर्मचारी बिजय गौतमले भन्नुभयो, ‘जोखिम मोलेर वारपार गर्ने भएकाले तोकिएको समयमा काम गर्न सकिएन ।’
निर्माणको काम अन्तिम चरणमा पुगेकोले अब छिटै संचालन हुने उहाँको भनाई छ । अब सोलार जडान लगायतको केहि पुर्वाधारको काम बाँकी रहेको छ । निर्माण कार्य ढिलाई भईरहेको भएपनि अब छिट्टै स्थानीय जनतालाई सञ्चारमा जोड्ने पहल कदमी लिइएको सिस्ने गाउँपालिका –२ का वडा अध्यक्ष जीवन केसीले बताउनुभयो ।











प्रतिक्रिया