प्रदीपले गिफ्ट दिन लाग्दा गर्लफ्रेन्ड अर्कैको बाइकमा गएपछि…

0
Shares

सबैजसो फिल्ममा प्रेमीको रूपमा देखिँदै आएका नायक प्रदीप खड्काले रोजका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा आफ्नो कलेज जीवनको असफल प्रेमप्रसंग पनि खुलाए।

कलेज जीवनमा धेरैजनासँग प्रेम सम्बन्ध भए पनि हालसम्म परिपक्व प्रेमको अनुभव नभएको दाबी गर्दै एक प्रसंग सुनाए– ‘११÷१२ तिर पढ्ने बेला एक जना गर्लफ्रेन्ड थिइन्। भ्यालेन्टाइनको दिन उनलाई सरप्राइज दिन गिफ्ट त किनें, तर गेटमा ब्याग चेक हुने भएकाले बाहिर पसलमै राख्न दिएँ। कलेज छुटेपछि गिफ्ट दिन भनेर बाहिर निस्किँदा त उनी अर्कै केटाको बाइकमा गइरहेको देखें’, रोजका २ नायिका परमिता राज्यलक्ष्मी शाह र मिरुना मगरका बीचमा बसेका प्रदीपले रोमाञ्चित हुँदै दुखद् प्रेमकथा सुनाए– ‘गर्लफ्रेन्डले मलाई ठूलोबाको छोराले बाइकमा पु¥याइदिएको भनेर ढाँटिन्, तर मैले थाहा पाएँ उनको अर्कै केटा रहेछ।

किनभने उनी बाइकमा कहाँ गएकी थिइन् त्यो देख्ने मान्छे पनि मैले भेटें। त्यसबेला मलाई गर्लफ्रेन्डले झुक्याइन्, धोका दिइन्भन्दा पनि त्यो घटनाले यदि मसँग बाइक थियो भने उनी अर्को केटासँग जाँदैनथिन् कि भन्ने लाग्यो र आफूलाई इन्फेरिएर फिल गरें। त्यो बेला मसँग बाइक थिएन, आवश्यक पनि थिएन। त्यो घटनापछि ममीसँग झगडा गरेर बाइक किन्न लगाएँ’ –प्रदीपले ती युवतीलाई दिन किनेको गिफ्टको बट्टा आफूसँग अभैm रहेको खुलासा पनि गरे।