व्याजदर घट्न नसक्नु मुख्य चुनौती

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

उच्च व्याजदर, मुद्रा बजारमा तरलता हुादा पनि व्याजदर घटन नसक्नु र मनोमानी तवरले ब्याज बृद्धि यति बेलाका मुख्य चुनौती रहेको उद्यमी व्यवसायीले औल्याएका छन् ।

बुधबार उद्योग वाणिज्य महासंघ सचिवालयमा आयोजित ‘इकोटक’ कार्यक्रममा उद्यमी व्यवसायीहरूले उक्त धारणा आएको हो । उद्योग व्यवसाय क्षेत्रको बैंकिङ सम्बन्धी समस्यामा अहिले कर्जाको ब्याजदर वेस रेटमा आधारित भएपनि ब्याजदरको तल्लो र माथिल्लो सीमा नतोकेको हुादा ऋणीले आफुले लिएको कर्जाको ब्याजदर बढीमा कति सम्महुने र घटीमा कतिसम्म हुन सक्ने भनेर वित्तीय प्रक्षेपण गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरुको गुनासो छ ।

बेला बेला ऋणको ब्याज बढ्ने, बस्तुको उत्पादन लागत बढेको, ऋण लिदा क्रेडिट रेटिङको शुल्क बढी भएको, विदेशी लगानीको स्वीकृती ढिलो हुने गरेको, विदेशी लगानीको लाभांश फिर्ता लैजान ढिलो स्वीकृत हुने, कृषिमा सहुलियत ऋण सहजरूपमा प्राप्त हुन नसकेकोसमेत उद्योगी व्यवसायीहरुले गुनासो गरेका थिए ।

कार्यक्रममा हालको बेसरेट गणना गर्ने तरिकामा सम्पत्तिको प्रतिफल वापत शुन्य ७५ प्रतिशत मुनाफा समेत जोडी सकेको हुदा त्यसमा थप प्रिमियम समेत जोड्दा बैंकको उच्च मुनाफा हुने गरेको व्यवसायीको भनाई छ ।

जसका कारण वेस रेटमा गणना गर्दा सम्पत्तिको प्रतिफल वापतको शुन्य दशमलव ७५ प्रतिशत हटाउनु पर्ने, वेस रेट लागु भएपछि कर्जाको ब्याजदर अत्याधिक बृद्धि भएको हुादा वेस रेटको सट्टा ‘कस्ट अफ फण्ड’को आधारमा कर्जाको ब्याजदर गणना कायम हुनुपर्ने अन्यथा बेसरेट गणना गर्ने तरिका परिमार्जन हुनुपर्ने लगायतका विषयमा राष्ट्र बैंकले पहल चाल्नुपर्ने उनीहरुको भनाई छ ।

त्यसैगरी निक्षेपमा प्रदान गर्ने न्यातम ब्याजदर र कर्जामा प्रदान गर्ने अधिकतम ब्याजदरको फरक ४ दशमलव ५ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था कायम गर्नुपर्ने, संस्थागत निक्षेपलाई कुल निक्षेपको २५ प्रतिशत गरिनु पर्ने, स्प्रेड दरलाई ४ दशमलव ५ प्रतिशतबाट घटाईनु पर्ने, सम्बन्धित पार्टीको आधिकारिक बिलबिजकको आधारमा मोड अफ पेमेन्ट प्रतित पत्र, ड्राफ्ट, टी.टी. हुनुपर्ने, ऋणलिदा क्रेडिट रेटिङको शुल्क घटाउनु पर्ने, कृषिमा सहुलियत ऋणको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।

उक्त कार्यक्रमा बोल्नुहुादै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अघिल्लो दुई आर्थिक वर्षमा लगातार मुलुकको आर्थिक वृद्धि भएको र यो आर्थिक वर्षमा पनि प्रक्षेपित आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताउनु भयो । उहााले यो आर्थिक वर्षको आर्थिक वृद्धि हुने पर्याप्त आधार तयार भैसकेको समेत स्पष्ट पार्नुभयो ।

सरकारको आर्थिक नीतिलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएको र विद्यमान मौद्रिक नीतिले मुद्रा स्फितिलाई टार्गेट प्वान्टसमा राख्ने र आर्थिक वृद्धिलाई सहयोग पु¥याउने दावी समेत गर्नुभयो । मुलुक भित्र उद्योग व्यवसायको वातावरण बनाउन राष्ट्र बैंकले गर्नुपर्ने सवै प्रकारको सहयोग गर्न आफा तयार रहेको र निजी क्षेत्रको सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत जनाउनु भयो ।

त्यसैगरी, महासंघका अध्यक्ष राणाले मुलुकभित्र अव श्रम समस्या, राजनीतिक अस्थिरता, लोड सेडिङ जस्ता समस्याहरु नरहेकाले अव आर्थिक विकासको वातावरण निजी क्षेत्रले खोजेको बताउनु भयो । बैकिङ क्षेत्रमा अझै पनि समस्याहरू रहेकाले विद्यमान समस्या माथि छलफल गरी एउटा समाधानमा पुग्न यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

उद्योग व्यवसाय र बैंकिङ क्षेत्र एकअर्कामा हातेमालो गरी मुलुकको आर्थिक विकासमा अगाडी बढ्न यो कार्यक्रम सहयोगी हुने उहााले दावी गर्नुभयो । अध्यक्ष राणाले महासंघले बैकिङ क्षेत्रमा रहेका समस्या समाधानमा राष्ट्र बैंकसाग नजिकमा रहेर कार्य गरेको र राष्ट्र बैंकका गभर्नरज्या सहित सवै पदाधिकारीबाट सहयोग समेत प्राप्त भैरहेको बताउनु
भयो ।