उपाधी आयोजक त्रिपुरालाई


बैतडी, (नेस)
सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्वको उपलक्ष्यमा बैतडीको दशरथचन्द नगरपालिकामा भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधी आयोजक त्रिपुरा युवा क्लव“सी” ले हात पारेको छ ।

बुधबार सम्पन्न फाईनल भिडन्तमा बाराकोट युवा क्लबलाई ३–१ को सेटले पराजित गर्दै त्रिपुराले उपाधी हासिल ग¥यो । प्रतियोगितामा निंगलाशैनी युवा क्लवले तेस्रो स्थान प्राप्त गरेको छ। शीर्ष तीन टोलीले क्रमशः १५, ७ र ४ हजार नगद प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ठ खेलाडी त्रिपुराका विजय ठगुन्ना भएका छन् ।