एसिया कप छनोट: यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै


काठमाडौं । एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ ।

यूएई र नेपाल दुवै वानडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली भएकाले यस खेल ओडीआई मान्यता प्राप्त खेल हुनेछ । यस खेलमा नेपालका लागि सागर पुनले ओडीआई डेब्यु गर्दै छन् । मंगलबार ओमानविरुद्ध सागरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । उनले त्यस लयलाई आजको खेलमा पनि निरन्तरता दिँदै टोलीमा स्थान बलियो बनाउने प्रयासमा रहने छन् ।

अघिल्लो खेलमा नेपालले अपेक्षाकृत बलिङ गर्न नसक्दा पराजय बेहोरेको थियो । उक्त प्रदर्शनलाई सुधार गर्दै जित हात पार्ने कप्तान पारस खड्काले बताएका छन् ।  नेपाललाई प्रतियोगिताको फाइनलमा प्रवेश गर्न यस खेलले निकै महत्त्व बोकेको छ ।

नेपाली टोली

सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी, सन्दीप लामिछाने