ससिआरसी अन्तिम आठमा


काठमाडौं, (नेस)
सिसिआरसी स्कुल छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ अन्तिम आठ मा प्रवेश गरेको छ ।

बुधबार भएको प्रतियोगितामा सिसिआरसीले बागमती स्कुललाई ५०।३८ अंकले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरेको हो । अव सिसिआरसीले टाईम्सको सामना गर्नेछ ।

यस्तै सेमिफाईनल प्रवेशका लागि ब्वाईजमा आयोजक जेभियर एले न्यू समिट, समृद्धिले एलए र जेभियर बिले गोल्डेनगेटको सामना गर्ने भएका छन् ।
गल्र्स तर्फ जेभियर ईन्टरनेशनल र साईपालले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।