बझाङ्गमा हिंसाका घटना बढ्रदै, घटनाको मुख्यकारण मदिरा

0
Shares

ललित सिंह, बझाङ्ग । पछिल्लो समय जिल्लामा महिला हिंसाका बिभिन्न खाले घटना बढ्दै गएका छन् । जिल्ला महिला अधिकार मञ्च र युएनएफपिए को साझेदारीमा सर्बजनिक गरेको डाटा अनुसार यस बर्षमा बढी घटनाहरु घटेको जनाईएको छ । जिल्लामा मदिरा बेच्ने र सेबन गर्ने कुनै मापदन्ड नबाई जतिखेर पनि मदिरा सेवन गर्न पाईने भए पछि ,जथाभाबी मदिरा सेबनले महिला हिंसा र घरेलु हिंसामा ग्रामीण भेगकी महिला पदै गएकी छन् ।

यस्तै घटनाको सिकार भएकी ३८ बर्षकी सुनिता भण्डारी पाँच बर्ष अधि श्रीमान मदिरा सेवन गरेकै कारण श्रीमानको मृत्यु भयो हामी पाँच जनाको परिवार, श्रीमान मदिरा सेवन गरेर बिते पछि बिच्ल्लीमा पयौ । पछि अंसबन्डा माग्दा खेरी घर परिवारले दिन नमाने पनि आफु त परै जाओस् ३ छोरी र एक छोराले बिद्यालय पढ्न समेत पाएनन् ।

श्रीमानका दाजुहरुलाई अंस, भाग बन्डाको कुरा गरेपछि आफुलाई बिभिन्न थरिका घरायसिय यातना दिलाए पछि माईतिघर गएर बसे पछि छोरा छोरी पढाउन र एक छाक पेट पाल्नको लागी सदरमुखकाम चैनपुर आई नजिकैको बाउली खोलामा एक बर्ष सम्म निरन्तर गिट्टी कुटेर गुजरा चाई रहे । आफुले भोगेका पिडाहरु जिल्लाका बिभिन्न सरोकारवाला निकाय सामु हारगुहार गररेर अहिले अंस भन्नु बाटो सानो एक कोठा र सानो जमिन दिएको छ ।

महिला अधिकार मञ्च सम्म मेरो कुरा पुग्यो हिंसा पिडीत महिलाहरुका लागी आत्म निरभर बनाउन तरकारी खेती र पसल ब्यावसाय गर्न युएनएफपिएको आर्थिक सहयोगमा महिला तथा बालबालिका कार्यालयले हिंसामा परेकी महिला भनी १० हजार दिएर फलफुलको ब्यापर गर्दै आए अहिले २ छोरी माईतीको घरमा छोडेकी छु । एक छोरा र एक छोरी मै संग सदरमुखकामकै निजी बोर्डिन बिद्यालयमा ३ कक्षामा पढिरहेका छन् । जे होस अहिले महिला अधिकार मञ्चको पहलमा युएनएफपिएले सहयो गरेर जिबीका चलाई रहेकी छु सहयोग गर्ने संस्थालाई धन्यवाद हिंसा पिडीत सुनिता भण्डारीले दुखेसो पोखिन् ।

जिल्लामा महिला अधिकार मञ्च २०६९ सालमा स्थापना भई हिंसा पिडीत महिलाको बारेमा बोल्दै आउको महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले बताईन् । उनले भनिन् जब सम्म जिल्लामा मदिर बन्द्र हुदैन् तब सम्म महिला हिंसाका घटनाहरु पनि घटिरहन्छन् । सबै भन्दा बढी घटना ग्रामीण भेगमा बस्दै आएकी दिबहिनीहरुले खेप्दै आएको छ । हिंसा पिडीत महिलाहरु र बालबालिकाहरुलाई बिभिन्न खाले पिडीतलाई राहत हुर्ने क्रीयाकलाप गरिरहेको बताईन् ।

युएनएफपिए को आर्थिक सहयोग र महिला तथा बालबालिका कार्यालयको संयुक्त सहकार्यमा बिभिन्न खाले हिंसामा परेका बालकालिका , महिलाहरुको पक्षमा बोल्ने र सम्बन्धित निकायसम्म पिडीतहरुको कुरा पुगाउन सहयोग गर्नको लागी जिल्लामा महिला अधिकार मञ्च २०६९ साल जेष्ठ २ गते बिधिगत स्थापना गरी हिंसा खेपिरहेका ब्यक्तीहरुलाई सहयोग गदै आएको सेफहाउस वाडेन सिता सिंहले बताईन् ।

उनले भनीन् स्थापना भए देखि अहिले सम्म महिला अधिकार मञ्च सम्म पुगेर समाधान गरी निचोडमा पुगाएका बार्षिक घटनाहरु २०६९देखि ७० सालसम्म ४५ वटा घटना दर्ता भएका थिए भने ७०देखि७१मा ५४, ७१देखि७२सम्म७४, ७२देखि७३सम्म८०,७३देखि७४सम्म७८ र ७४ देखि ७५ सम्म ९१ महिला हिंसा,घरेलुहिसाका घटना महिला अधिकार मञ्चमा दर्ता भई कानुनी दायरामा ल्याई पिडीतहरुलाई आत्मनिर्भर र न्याए दिलाउन सहयोग गरी बिभिन्न खाले तालिम, ब्यावसाय गर्न आर्थिक ,भौतिक र नैतिक सहयोग गरिरहेको युएनएफपिए जिल्ला कार्यक्रम अधिकृत धन बहादुर लम्सालले बताए ।

उनले भने अन्य जिल्लाको रेसियो हेर्ने हो भने यस जिल्लाममा धेरै महिला हिंसाका घटनाहरु आईरहन्छन् । पिडीत महिला र बालबालिकाको घाउमा मलम लगाउने बिभिन्न खाले कृयाकलापहरु गदै आई अहिले एक बर्षको अबधिमा ९१ जना हिसा पिडीत बालबालिका र महिलाहरुलाई जिबिको पार्जन गर्न सिपमुलक तालिम र आथिक सहयोग, भौतिक सहयोग गरी आत्म निरभरमा सहयोग गरेको बताए ।

जिल्लामा खाद्यन भन्दा बढी मदिरा भित्रीन्छ मदिरा सेवन र बिक्री गर्ने कुनै पनि नियम नमस् स्थानिय सरकार र सरोकारवाला निकार्यहरुले न्रिचित मापदन्ड नअपनाई बिक्री बितरण गनाले पनि यस्ता खाले घटना घटी रहन्छन् । यसको न्युनीकरण गर्नलाई सम्बन्धित सबै सरोकारबालाले समयमै ध्यान नदिए अझै झन बिकराल रुप लिन सक्ने अवश्य देखिन्छ यो रोक्थामको लागी समबन्धीत सबैको ध्यान जान आवश्यक देखिन्छ ।