पारस खड्काले ओमानको पहिलो विकेट झारे


काठमाडौँ । एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याइरहेको ओमानले पहिलो विकेट गुमाएको छ ।

नेपालका कप्तान पारस खड्काले १६ रनमा खेलीरहेका अकिवलाई एलविड्ब्लुको धरापमा पारेका हुन् । ८ ओभरको समाप्तीमा ओमनले एक विकेट गुमाएर ३५ रन बनाएको छ ।

यसअघि नेपालले ओमानसामु ९ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले सागर पुनको उत्कृष्ट ८३ रनको मदतमा २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।