बिम्स्टेकमा सहभागि हुन भुटानका प्रधानन्यायाधीश छिरिङ काठमाडौंमा

0
Shares

काठमाडौं । भोलीबाट काठमाडौंमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्।

उनलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९ औं बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गरेको छ । बिम्स्टेक मुलुकका राष्ट्राध्यक्षरसरकार प्रमुखको आगामी बिहीबार र शुक्रबार काठमाडौंमा हुने शिखर बैठकमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

प्रहरीको मोटरसाइकल दुर्घटना

यसैबीच  म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल  दुर्घटना भएकाे छ ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपतिकाे स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।  दुर्घटनामा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।  घाइते प्रहरीको अवस्था सामान्य रहेकाे बताइएकाे छ ।