सलोनी र राधाको जोडीलाई स्वर्ण


काठमाडौं, (नेस)
आयोजक एलए का सलोनी थापा र राधा यादवको जोडी ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा स्वर्ण पदक हात पार्न सफल भएका छन् । सलोनी र राधाको जोडीले गल्र्स युगल १४ तर्फ मंगलबार आयोजककै सुभाङ्गी र हर्षिताको जोडीलाई ६ । ३, ६ । ३ को सेटमा पराजित गर्दै स्वर्ण कब्जा गरे ।

प्रतियोगिताको ब्वाईज युगल १४ तर्फ सेन्ट जेभियरका अदित सुवेदी र इभाएकको जोडीले पुलिसका चिराग थापा र सफल श्रेष्ठको जोडी माथी ६ । ०, ६ । ३ को सेटले पराजित गर्दै स्वर्ण हात पारे ।