युनाइडेटको लगातार दोस्रो हार


लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडल लगातार दोस्रो हार व्यहोरेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेड टोटनह्यामसँग ३–० गोल अन्तरले पराजित भएको हो । टोटनह्यामको जितमा लुकास मोउराले दुई गोल गरे भने ह्यारी केनले एक गोल गरेका थिए। खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५० औं मिनेटमा केनले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए ।

त्यसको दुई मिनेटपछि मोउराले गोल गर्दै टोटेनह्यामको अग्रता दोब्बर पारे । खेलसकिन ६ मिनेट बाँकी हुँदा मोउराले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्यामले सहज जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै कमजोर साबित भयो ।

यसअघि ब्राइटनसँग पराजित म्यानचेस्टर युनाइटेडले लिगका तीन खेलमा ३ अंक जोड्दै अंक तालिकाको १३औं स्थानमा पुगेको छ । यता शतप्रतिशत जित निकालेको टोटनह्याम तीन खेलमा ९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।