न्यु समिट च्याम्पियन


काठमाडौं, (नेस)
न्यु समिट कलेज प्रथम त्रिभुवन बिश्व बिद्यालय अन्तर कलेज बिएसी सिएसआईटि बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।

मंगलवार भएको फाईनल खेलमा न्यु समिटले टेक्सस् कलेज माथी ४४–४० को जित निकाल्दै च्याम्पियन बनेको हो । उपबिजेता टिमका संन्जितजंङ गुरुङले सर्वाधिक २० स्कोर गरे पनि टिमलाई पराजयबाट जोगाउन सकेनन् ।

सिनामंगलको क्लासिक कलेजमा भएको प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि आयोजक न्युसमिटकै समिर तामाङले जिते भने उच्चम स्कोर कर्ता कप्तान सुशान्त धिमिरेल बने । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गरे । प्रतियोगिताको पुरस्कार वापतको ५० हजार जापानीज मूलका नेपाली नागरिक ताकासी मिहाराले प्रायोजन गरेका थिए ।